Kathmandu Press

झिनो अंकले घट्यो नेप्से, कारोबार रकम ५ अर्ब नाघ्यो

नेप्से ४.५९ अंकले घट्दै २०७३.१९ मा रहँदा १ करोड ४ लाख ५२ हजार १२८ कित्ता सेयर किनबेच भएको छ। कारोबार रकम ५ अर्ब १८ करोड ९० लाख रुपैयाँ छ।
झिनो अंकले घट्यो नेप्से, कारोबार रकम ५ अर्ब नाघ्यो

काठमाडौं, जेठ २७ : साताको पहिलो दिन सेयर बजार परिसूचकमा झिनो गिरावट हुँदा पनि कारोबार रकम भने बढेको छ।

नेप्से ४.५९ अंकले घट्दै २०७३.१९ मा रहँदा १ करोड ४ लाख ५२ हजार १२८ कित्ता सेयर किनबेच भएको छ। कारोबार रकम ५ अर्ब १८ करोड ९० लाख रुपैयाँ छ।

Hardik ivf

आइतबार २.९२ प्रतिशतले बढेको होटल तथा पर्यटन उपसमूहले परिसूचक थामेको छ। जलविद्युत, लगानी, उत्पादन तथा प्रशोधन र अन्य समूह बढेको छ। व्यापार उपसमूहमा १.५४ प्रतिशतको गिरावट छ।

वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त, म्युचुअल फण्ड र व्यापार उपसमूह घटेका छन्।

९७ कम्पनीको सेयरमूल्य बढ्दा इस्टर्न हाइड्रोपावर, शुभम् पावर, सिटी होटल र कुथेली बुखारी साना जलविद्युतको सेयर बढेर सर्किट लागेको छ। भगवती हाइड्रोपावर र सामलिङ पावरको सेयरमा पनि सर्किटस्तरको बढोत्तरी छ।

एनआरएन इन्फ्रास्ट्रचरको सर्वाधिक ३२ करोड ३ लाखको सेयर कारोबार भएको छ। यस्तै सीइडीबी हाइड्रोपावरको २१ करोड १३ लाख, सिटी होटलको १३ करोड ९७ लाख, पोखरा फाइनान्सको १२ करोड ३८ लाख र हाथवे इन्भेस्टमेन्टको ११ करोड ७३ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

१४७ कम्पनीको सेयरमूल्य घट्दा बढी नोक्सानमा बुद्धभूमि नेपाल हाइड्रोपावरका लगानीकर्ता छन्। उक्त जलविद्युत कम्पनीको सेयरमा नकारात्मक सर्किट लागेको छ।

पोखरा फाइनान्स, लक्ष्मी लघुवित्त, माइखोला हाइड्रोपावर, मध्य सोलु हाइड्रोपावरलगायतका सेयरमूल्य घटेका छन्। 

प्रकाशित मिति: १५:५२ बजे, आइतबार, जेठ २७, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्