‘प्रधानमन्त्री पद जोगाउन पार्टी फुटाउने पवृत्ति गलत हो’
‘यसो हेर्दा ४३–४५ प्रतिशत मानिसहरूले कम्युनिस्ट पार्टीलाई भोट हालेका छन्। मुलुकमा समाजवादको, न्यायको जबरजस्त उपस्थिति छ तर, संगठनले त्यसलाई बोक्न सकेन भनेसधैँ रहँदैन,’ भुसालले भने।
काठमाडौं, जेठ २७ : नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले समाजवादी संगठनको गम्भीर भएर छलफल गर्ने समय आएको बताएका छन्।
यस्तै उनले पार्टी जोगाउन संसद् विघटन गर्नुपर्ने विषय समाजवादी आन्दोलनकै विरोधाभाष भएको धारणा राखे।
आइतबार काठमाडौंमा आयोजित ‘नेपालमा समाजवादी क्रान्ति’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले प्रधानमन्त्री पद जोगाउन पार्टी फुटाउनुपर्ने र गुट जन्माउने प्रवृत्ति पनि विरोधाभासपूर्ण रहेको धारणा राखेका हुन्।
यस्तै भुसालले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी जोगाउन संसद् विघटन गरिएको भनेर दिएको अभिव्यक्तिप्रति टिप्पणी गरे।
‘एकजना कम्युनिस्ट पार्टीको नेताले एउटा वक्तव्य दिनुभयो, संसद् विघटनको। नेकपा (एमाले) जोगाउनका लागि संसद्को विघटन गर्नुपर्ने थियो भन्नुभयो उहाँले,’ उलने भने, ‘जनताले लडेर ल्याएको हक, अधिकार संस्थागत गरिएका संविधानमाथि आक्रमण गर्नका लागि संसद् विघटन गरेर पनि जाग्नुपर्ने भयो।’
पार्टी जोगाउन संसद गर्नुपर्ने, प्रधानमन्त्री जोगाउन पार्टी भत्काउनुपर्ने, गुट जोगाउन विधिविधान विर्सनुपर्ने, मूल्य, नैतिकता, आदर्श तोड्नुपर्ने अवस्था आउनु दुखद भएको बताए। उलने अब समाजवादीले संगठन निर्माणको काममा ध्यान दिनुपर्नेमा जोड दिए।
‘यसो हेर्दा ४३–४५ प्रतिशत मानिसहरूले कम्युनिस्ट पार्टीलाई भोट हालेका छन्। मुलुकमा समाजवादको, न्यायको जबरजस्त उपस्थिति छ तर, संगठनले त्यसलाई बोक्न सकेन भनेसधैँ रहँदैन,’ भुसालले भने।
भूसालले मूल रूपमा समाजवादी भनिएका कम्युनिस्ट संगठनका नेतृत्वले प्रधानमन्त्री हुन, संघ वा प्रदेशको मन्त्री हुन, तल्लो तहमा मेयर बन्नकै लागि मरिमेटेको बताए।
उनले प्रदेश र जिल्ला कमिटीका पनि पदकै लागि लागेको तर्क गरे। उनले आम रुपमा पार्टीमा बनेका संसठनहरुले समाजवादी मान्छे निर्माण नगरेको उल्लेख गरे।
पदका निम्ति अहिले पार्टीमा गुटबन्दी गर्न सिकाइने गरेको बताउँदै उनले पार्टी संगठनभित्रका कमिटीले समाजवादका लागि बनाएको एजेण्डा हेरे मात्रै पनि त्यसको स्थिति पार्टीभित्र छर्लङ्ग हुने बताए।












