Kathmandu Press

उप–अनुसन्धान निर्देशक चौधरीविरुद्ध भ्रष्टाचार अभियोग

उप–अनुसन्धान निर्देशक पदमा कार्यरत चौधरीमाथि नक्कली प्रमाणपत्रधारीको आरोपमा कारबाहीको माग राखेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो।
उप–अनुसन्धान निर्देशक चौधरीविरुद्ध भ्रष्टाचार अभियोग

काठमाडौं, जेठ २७ : नक्कली शैक्षिक प्रमाण पत्र पेस गरी राष्ट्रिय अनुसन्धान विभागमा जागिर खाएको अभियोगमा हेमन्त चौधरीविरुद्ध आइतबार भ्रष्टाचार मुद्दा दर्ता भएको छ।

उप–अनुसन्धान निर्देशक पदमा कार्यरत चौधरीमाथि नक्कली प्रमाणपत्रधारीको आरोपमा कारबाहीको माग राखेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो।

सरकारी ओहोदा, लाभ र सुविधा प्राप्त गरेको बताउँदै चौधरीलाई कैद र जरिवाना सजायको माग गरिएको छ।

अख्तियारको अनुसन्धानबाट चौधरीले मगध विश्वविद्यालय, बोधगया भारतबाट स्नातक उत्तीर्ण गरेको भन्दै नक्कली शैक्षिक योग्यताको प्रमाण पत्र पेस गरेको तथ्य खुलेको छ।

चौधरीले सेवा प्रवेशका साथै बढुवाको लागिसमेत नक्कली शैक्षिक प्रमाण पत्र पेस गरेको दाबी अदालत समक्ष अख्तियारले गरेको छ।

प्रकाशित मिति: १५:२५ बजे, आइतबार, जेठ २७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्