Kathmandu Press

कान्तिपुर सेभिङका पूर्वअध्यक्ष सिबी लामा जेल चलान

काठमाडौँ जिल्ला अदालतको आदेश अनुरुप तामाङलाई केन्द्रीय कारागारमा थुनामा पठाइएको हो। लामा गत जेठ १८ मा पश्चिम चितवनबाट पक्राउ परेका थिए।
कान्तिपुर सेभिङका पूर्वअध्यक्ष सिबी लामा जेल चलान

काठमाडौं, जेठ २७ : सहकारी ठगी आरोपमा पक्राउ परेका कान्तिपुर सेभिङ एण्ड कोपअपरेटिभका पूर्वअध्यक्ष सिबी लामा पुर्पक्षका लागि जेल चलान भएका छन्।

काठमाडौँ जिल्ला अदालतको आदेश अनुरुप तामाङलाई केन्द्रीय कारागारमा थुनामा पठाइएको हो। लामा गत जेठ १८ मा पश्चिम चितवनबाट पक्राउ परेका थिए।

Hardik ivf

उनीविरुद्ध कान्तिपुर सेभिङ र पशुपति सेभिङको बचत रकम अपचलन गरेर फरार भएको आरोप छ। सर्वसाधारणले बचत गरेको १ अर्ब ५१ करोड ८५ लाख ५२ हजार अपचलन गरेको निष्कर्षम प्रहरी पुगेको छ।
लामासहितका सञ्चालकविरुद्ध ८५२ जना बचतकर्ताले प्रहरी समक्ष ठगीमा जाहेरी दिएका छन्।

ठगी आरोपमा कान्तिपुर सेभिङका संचालकहरु प्रेमध्वज लामा, जोगलाल लामा, सानुकान्छा लामा, नारायणप्रसाद रिमाल, इन्दु थापा र देवराज पराजुलीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ।

प्रकाशित मिति: १४:२१ बजे, आइतबार, जेठ २७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्