Kathmandu Press

प्रधानमन्त्री दाहाल भारत प्रस्थान

प्रधानमन्त्री दाहाल भारतीय समकक्षी नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन भारत गएका हुन्। मोदीले तेस्रो कार्यकालका लागि आज साँझ ६ बजे शपथ लिँदैछन्।
प्रधानमन्त्री दाहाल भारत प्रस्थान

काठमाडौं, जेठ २७ : प्रधानमन्त्री पुष्पकमल दाहाल भारत प्रस्थान गरेका छन्। प्रधानमन्त्री दाहाल आइतबार दिउँसो २ दिन भारत भ्रमणका लागि नयाँ दिल्ली गरेका हुन्।

प्रधानमन्त्रीकसो पाँच सदस्यीय प्रतिनिधिमण्डलमा उनकी सुपुत्री गंगा दाहाल, कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी कर्मचारी छन्।

Hardik ivf

प्रधानमन्त्री दाहाललाई सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्रीद्वय नारायणकाजी श्रेष्ठ, रघुवीर महासेठलगायतका मन्त्री, उच्च पदस्थ कर्मचारीले विमानस्थलबाट बिदाई गरेका थिए।

प्रधानमन्त्री दाहाल भारतीय समकक्षी नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन भारत गएका हुन्। मोदीले तेस्रो कार्यकालका लागि आज साँझ ६ बजे शपथ लिँदैछन्।

प्रधानमन्त्री दाहाल र मोदीबीच आजै साँझ भेटवार्ता हुने बताइएको छ।

प्रकाशित मिति: १३:४० बजे, आइतबार, जेठ २७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्