कोशी सरकारविरुद्धको रिट हेर्न नमिल्नेमा
तर, न्यायाधीश पोखरेलले कानुन व्यवसायी हुँदा गत भदौमा कोशी प्रदेशका तत्कालीन मुख्यमन्त्री उद्धव थापाको नियुक्तिविरुद्ध वर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दायर गरेको रिटमा थापाको पक्षमा बहस गरेकाले यो रिट हेर्न नमिल्नेमा परेको हो।
काठमाडौं, जेठ २७ : कोशी प्रदेश सरकार गठनको विवादविरुद्धको रिट आइतबार हेर्न नमिल्नेमा परेको छ।
आज यो मुद्दा अदालतको पूर्ण इजलासमा सुनुवाई हुने तय थियो। यो रिट न्यायाधीशहरू प्रकाशकुमार ढुंगाना, अब्दुल अजीज मुसलमान र सुनिलकुमार पोखरेलको पूर्ण इजलासमा परेको थियो।
तर, न्यायाधीश पोखरेलले कानुन व्यवसायी हुँदा गत भदौमा कोशी प्रदेशका तत्कालीन मुख्यमन्त्री उद्धव थापाको नियुक्तिविरुद्ध वर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दायर गरेको रिटमा थापाको पक्षमा बहस गरेकाले यो रिट हेर्न नमिल्नेमा परेको हो।
वैशाख २६ गते प्रदेश प्रमुख परशुराम खापुङ्गले नयाँ सरकार गठनको आव्हान गरेपछि केदार कार्की सर्वोच्च अदालत गएका थिए।
संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका कार्कीले उक्त व्यवस्था सरकार बनाउने अन्तिम विकल्प भएको र आफूले यसअघि नै विश्वासको मत लिइसकेको कारण अब हटाउन नपाइने जिकिर गरेका छन्।