कर्णालीमा झोलुंगे पुलको लठ्ठा चुडिँदा १४ खच्चड फसे
अछामको पञ्चदेवल बिनायक नगरपालिका ९ र दैलेखको आठबीस नगरपालिका ४ लाई जोड्ने पुलको लठ्ठा भाचिँदा १४ वटा खच्चड पुलमै अड्किएका छन्।
दैलेख, जेठ २७ : अछाम र दैलेख जिल्ला जोड्ने कर्णाली नदीमाथिको झोलुंगे पुलको लठ्ठा चुँडिएको छ।
अछामको पञ्चदेवल बिनायक नगरपालिका ९ र दैलेखको आठबीस नगरपालिका ४ लाई जोड्ने पुलको लठ्ठा भाचिँदा १४ वटा खच्चड पुलमै अड्किएका छन्। पुलको लठ्ठा आइतबार बिहान चुँडिएको बताइएको छ।
अछामको पञ्चदेवल विनायक नगरपालिका–९ बाट दैलेखको आठबीस नगरपालिका–४ खिड्कीज्यूला बजारमा दैनिक उपभोग्यबस्तु लिनका लागि खच्चड आउँदै थिए। खच्चड अछामका जोरे रोकामगर र राजेन्द्र बोहराका हुन्।
जिल्ला प्रशासन कार्यालय दैलेखले उद्धारका लागि टोली खटाइएको जानएको छ।
प्रकाशित मिति: १२:२६ बजे, आइतबार, जेठ २७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












