Kathmandu Press

आँबुखैरेनी–मुग्लिन सडक तीन घण्टा बन्द

आँबुखैरेनी–४ स्थित डयाम नजिक पहिरो नियन्त्रणको काम भइरहेकाले बिहान १० देखि दिउँसो १ बजेसम्म सडक बन्द भएको हो।
आँबुखैरेनी–मुग्लिन सडक तीन घण्टा बन्द

तनहुँ, जेठ २७ : पृथ्वीराजमार्गअन्तर्गत आँबुखैरेनी–मुग्लिन सडकखण्ड ३ घण्टाका लागि पूर्ण रूपमा बन्द भएको छ।

आँबुखैरेनी–४ स्थित डयाम नजिक पहिरो नियन्त्रणको काम भइरहेकाले बिहान १० देखि दिउँसो १ बजेसम्म सडक बन्द भएको हो।
   
हिलसाइडमा चर्किएका ढुंगा ‘ट्रिममिङ’ गर्नुपर्ने भएकाले बाटो बन्द गरिएको जिल्ला सडक डिभिजन कार्यालयका प्रमुख पशुपति ज्ञावलीले बताए।

पृथ्वीराजमार्गमा गुड्ने सवारीसाधन व्यवस्थापनमा सहजीकरण गरिदिन जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई उक्त कार्यालयले अनुरोध पनि गरेको छ।

प्रकाशित मिति: ११:२३ बजे, आइतबार, जेठ २७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्