Kathmandu Press

राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेट

शनिबार साँझ प्रधानमन्त्री दाहाल र राष्ट्रपति पौडेलबीच र शीतल निवासमा भेटवार्ता भएको हो।
राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेट

काठमाडौं, जेठ २६ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।

शनिबार साँझ प्रधानमन्त्री दाहाल र राष्ट्रपति पौडेलबीच र शीतल निवासमा भेटवार्ता भएको हो।

Hardik ivf

भेटका क्रममा प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमणबारे राष्ट्रपति पौडेललाई जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ। भेटमा अन्य समसामयिक विषयमा पनि छलफल भएको जनाइएको छ।

प्रधानमन्त्री दाहाल आइतबार नयाँ दिल्ली जाँदैछन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहणमा सहभागी हुन उनी त्यसतर्फ जाने भएका हुन्।

प्रधानमन्त्रीको भ्रमण टोलीमा उनकी छोरी गंगा दाहाल, कानुन तथा संसदीय मामिला मन्त्री पदम गिरी र उच्चपदस्थ सरकारी अधिकारी रहने परराष्ट्र मन्त्रालयले जनाएको छ।

 

प्रकाशित मिति: २०:३५ बजे, शनिबार, जेठ २६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्