Kathmandu Press

कोशी नाम खारेजीसँगै प्रदेश पुनर्सरचना माग

कोणसभालाई सम्बोधन गर्दै राष्ट्रिय मुक्ति क्रान्ति मोर्चाका संयोजक राजेन्द्र महतोले कोशीले पहिचान मागेको भनई लिम्बू, खम्बु, कोचिला, मधेशका जनताले पहिचान मागेको बताए।
कोशी नाम खारेजीसँगै प्रदेश पुनर्सरचना माग

माेरङ, जेठ २६ : कोशी नाम खारेजी र प्रदेशको पुनः संरचनाको माग राख्दै राष्ट्रिय मुक्ति क्रान्तिले पूर्वी नेपालको विराटनगरमा प्रदर्शन गरेको छ।

शुक्रबार  राजेन्द्र महतो संयोजक रहेको राष्ट्रिय मुक्ति क्रान्ति पूर्वी कमाण्डले प्रदेशको संरचना पुनः संशोधन गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेको हो।

Hardik ivf

कोणसभालाई सम्बोधन गर्दै राष्ट्रिय मुक्ति क्रान्ति मोर्चाका संयोजक राजेन्द्र महतोले कोशीले पहिचान मागेको भनई लिम्बू, खम्बु, कोचिला, मधेशका जनताले पहिचान मागेको बताए।

महतोले राष्ट्रिय मुक्ति क्रान्तिले शान्तिपूर्ण आन्दोलन गर्दै नेपाललाई सबै नेपालीको राज्यको रुपमा स्थापित गर्ने उनको भनाइ थियो।

‘विगतमा केहीले विगतमा जबर्जस्ती गोली चलाएर मधेश आन्दोलनको अन्त्य गर्ने प्रयत्न गरे। बन्दुक चलाएरै संविधान जारी गरे। विडम्बना त्यो संविधानमा जनताका समस्या लेखिएनन्,’ उनले भने, ‘अन्ततः मधेश आन्दोलन सफल भयो । हामीले केही गर्न खोज्दा यो नश्लवादी शासकसँग सकेनौं । हामी सबै पहिचानवादी यी शासकसँग निरीह बन्न पुग्यौं।’

अहिलेसम्म सात वटा संविधान बनेका भएपनि नेपाली जनताले आफ्नो पहिचान र अधिकार नपाएको उनको भनाइ थियो।

 

प्रकाशित मिति: २०:१० बजे, शनिबार, जेठ २६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्