Kathmandu Press

संस्कृति र परम्परा संरक्षणमा एमाले अध्यक्ष ओलीको जोड

अध्यक्ष ओलीले विश्वभरिका हिन्दु र बौद्ध धर्मप्रति आस्थावान पर्यटकका लागि नेपाल विशेष गन्तव्य भएको बताए।
संस्कृति र परम्परा संरक्षणमा एमाले अध्यक्ष ओलीको जोड

काठमाडौं, जेठ २६ : पूर्वप्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा धार्मिक पर्यटनको प्रचुर सम्भावना भएका परम्परा र संस्कृति संरक्षण गर्नुपर्ने बताएका छन्।

शनिबार राजधानीमा एमालेको पर्यटन प्रवर्धन तथा नागरिक उड्डयन विभागले आयोजना गरेको पुस्तक विमोचन तथा सम्मान समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले विश्वभरिका हिन्दु र बौद्ध धर्मप्रति आस्थावान पर्यटकका लागि नेपाल विशेष गन्तव्य भएको बताए।

Hardik ivf

‘नेपालमा धार्मिक पर्यटनका प्रचुर सम्भावनाहरु छन्। खासगरि विश्वभरिका हिन्दु र बौद्ध धर्मावलम्वीका लागि अझ विशेष गन्तव्य हो नेपाल। भगवान शिवको विशेष धर्तीका रुपमा रहेका कारण नेपालमा हिन्दु धर्मप्रति आस्था राख्नेहरुका लागि महत्वपूर्ण भूमिका रुपमा नेपाललाई लिइन्छ,’ उनले भने, ‘अर्को, भगवान गौतम बुद्धको जन्मभूमि पनि यहीँ हो। बुद्धको जन्मथलो मात्र नभइ संसारभर वुद्धिजम प्रभाव समेत गरिरहेको छ। बुद्धिजमको मुहान र स्रोत पनि हो नेपाल।’

सरकारले नेपालमा रहेका हरेक संस्कृति र परम्पराहरुको संरक्षण गर्नुपर्ने ओलीको भनाइ थियो।

नेपालमा पर्यटनको विकास र आर्थिक समृद्धिका लागि इतिहास र धर्म सम्बन्धि खोजमुलक ग्रन्थहरु बजारमा ल्याउनुपर्नेमा उनको जोड थियो।

 

प्रकाशित मिति: २०:२८ बजे, शनिबार, जेठ २६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्