Kathmandu Press

गण्डकीलाई हराउँदै हेल्प नेपालले जित्यो भलिबल लिगको उपाधि

शनिबार सम्पन्न फाइनलमा पुरुषतर्फ गण्डकी भलिबल एसोसिएसनलाई ३–१ को सेटमा पाखा लगाउँदै हेल्प नेपालले उपाधि हात पारेको हो।
गण्डकीलाई हराउँदै हेल्प नेपालले जित्यो भलिबल लिगको उपाधि

काठमाडौं, जेठ २६ : हेल्प नेपालले आठौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिग जितेको छ।

त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कबर्डहलमा शनिबार सम्पन्न फाइनलमा  पुरुषतर्फ गण्डकी भलिबल एसोसिएसनलाई ३–१ को सेटमा पाखा लगाउँदै हेल्प नेपालले उपाधि हात पारेको हो।

पहिलो सेट २२–२५ ले जितेको हेल्प नेपालले दोस्रो सेट भने २५–२० ले गुमाएको थियो।

तेस्रो र चौथो सेट हेल्प नेपाल २०–२५ र २०–२५ ले जित्दै च्याम्पियन बन्यो।

 

प्रकाशित मिति: २०:०५ बजे, शनिबार, जेठ २६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्