‘एमालेलाई राष्ट्रिय राजनीतिको निर्णायक शक्तिमा पुर्याउनु पर्छ’
अध्यक्ष ओलीले काठमाडौंको पार्टी संगठन विभिन्न अवरोह अवरोह पार गर्दै यहाँसम्म आइपुगेको र संकटका घडीमा कार्यकर्ताले पार्टीलाई जोगाएर सुदृढ पार्टीका रुपमा कायम राखेको स्मरण गरे।
काठमाडौं, जेठ २६ : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले पार्टीलाई राष्ट्रिय राजनीतिको निर्णायक शक्तिका रुपमा विकसित गर्न काठमाडौँका अगुवा र कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको छ ।
एमालेको काठमाडौं जिल्लाको सातौं अधिवेशनको उद्घाटन गर्दै गर्दै उनले सम्बोधन गर्दै उनले मुलुकका राजनीतिक स्थायित्वसहित विकास र समृद्धिका लागि पार्टीलाई अग्रस्थानमा पुर्याउनुपर्ने बताए।
अध्यक्ष ओलीले काठमाडौंको पार्टी संगठन विभिन्न अवरोह अवरोह पार गर्दै यहाँसम्म आइपुगेको र संकटका घडीमा कार्यकर्ताले पार्टीलाई जोगाएर सुदृढ पार्टीका रुपमा कायम राखेको स्मरण गरे।
‘यद्यपि गत निर्वाचनमा हामीले बहुमत ल्याउन सकेनौं। पार्टीभित्र कतिपय आन्तरिक समस्या र प्रतिनिक्रियावादीका अनेक झुठ र षड्यन्त्रका कारणले बहुमत ल्याउन सकिएन,’ उनले भने, ‘अबका दिनमा त्यस्ता झुठ र षड्यन्त्रलाई हामीले पराजित गर्न सक्नुपर्छ।’
एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जिल्लाको पार्टी कामको वस्तुनिष्ठ समीक्षा गर्न प्रतिनिधिलाई आग्रह गर्दै आगामी दिनमा जनमत हासिलमा श्रेष्ठ हुने गरी काम गर्नुपर्ने खाँचो औंल्याए। उनले हाल पार्टीभित्र नीति र नेतृत्वमा विवाद नभएकाले सकेसम्म सहमतिका आधार र नभएमा स्वच्छ प्रतिस्पर्धाका आधारमा अघि बढ्न सुझाव दिए।












