Kathmandu Press

राष्ट्रसंघीय कमिटी सिडमा नेपालकी बन्दना राणा निर्वाचित

राणाले ऐतिहासिक जितका लागि पाएको साथ सहयोगको लागि राणाले सबैप्रति कृतज्ञ भएको बताएकी छन्।
राष्ट्रसंघीय कमिटी सिडमा नेपालकी बन्दना राणा निर्वाचित

काठमाडौं, जेठ २६ : राष्ट्रसंघको महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्य सम्बन्धि विभेद उन्मूलन कमिटी (सिड)को सदस्यमा बन्दना राणा निर्वाचित भएकी छन्।  

शुक्रबार अमेरिकाको न्यूयोर्कमा भएको मतदानमा राणाले १४६ मत प्राप्त गरेकी थिइन्। अब उनले आगामी सन् २०२५ देखि २०२८ सम्मका लागि कार्यभार सम्हाल्ने छिन्। उनी यसअघि पनि सोही कमिटीमा सदस्य थिइन्।

Hardik ivf

राणाले ऐतिहासिक जितका लागि पाएको साथ सहयोगको लागि राणाले सबैप्रति कृतज्ञ भएको बताएकी छन्।

उनले सामाजिक सञ्जाल फेसबुकमा भनेकी छन्, ‘रातो र चन्द्र सुर्य जङ्गी निशान हाम्रो जिउँदो रगत सरी यो बल्दो यो शान हाम्रो।  सबैभन्दा बढी भोट प्राप्त भयो (१४६) सबैको अपार शुभकामना र मायाको लागि हृदय देखि कृतज्ञ छु।’

२३ सदस्य रहने उक्त समितिले राष्ट्रसंघमा महिलाबारे विभिन्न राष्ट्रले जनाएका प्रतिबद्धता कार्यान्वयन गराउन कार्य गर्दछ।

यस्तै, हिलाविरुद्ध हुने हरेक प्रकारका विभेदको बारेमा अनुगमन गर्नेदेखि विश्वव्यापी रुपमा महिलाले भोग्नुपरेका समस्याका बारेमा समेत समितिले कार्य गर्दछ। समितिको कार्यालय जेनेभामा रहेको छ।

प्रकाशित मिति: ०९:०२ बजे, शनिबार, जेठ २६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्