Kathmandu Press

गण्डकीका मुख्यमन्त्री पाण्डेले जेठ २८ गते विश्वासको मत लिने

मुख्यमन्त्री पाण्डेले जेठ २८ गते दिउँसो ३ बजे प्रदेशसभाको बैठकमा विश्वासको मत लिने प्रयोजनका लागि आज गण्डकी प्रदेशसभा सचिवालयमा सूचना दर्ता गराएका छन्।
गण्डकीका मुख्यमन्त्री पाण्डेले जेठ २८ गते विश्वासको मत लिने

गण्डकी, जेठ २५ : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यही जेठ २८ गते विश्वासको मत लिने भएका छन्।

मुख्यमन्त्री पाण्डेले जेठ २८ गते दिउँसो ३ बजे प्रदेशसभाको बैठकमा विश्वासको मत लिने प्रयोजनका लागि आज गण्डकी प्रदेशसभा सचिवालयमा सूचना दर्ता गराएका छन्।

Hardik ivf

विश्वासको मत लिने सम्बन्धमा प्रदेशसभा सचिवालयले सूचना जारी गरिसकेको छ।

नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम पाण्डे यही जेठ १६ गते मुख्यमन्त्री पदमा नियुक्त भएका थिए।

प्रकाशित मिति: २०:३४ बजे, शुक्रबार, जेठ २५, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्