Kathmandu Press

पार्टीका काममा महिलाको सहभागिता बढाउन जरुरीः अध्यक्ष ओली

फरक प्रसंगमा उनले भगवान रामको जन्मभूमि माडीको अयोध्यापुरी नै भएको दाबी गरे। उनले भने, ‘पौराणीक मान्यता र शास्त्रहरुमा राम माडीमा नै जन्मिएको स्पष्ट छ, धेरै सूचकले यही कुरा देखाउँछ।’
पार्टीका काममा महिलाको सहभागिता बढाउन जरुरीः अध्यक्ष ओली

चितवन, जेठ २५ : नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीको काममा महिलाको सहभागिता बढाउनुपर्नेमा जोड दिएका छन्।

एमाले चितवनको नवनिर्वाचित समितिको सपथग्रहण समारोहका अवसरमा आज उनले पार्टी कामलाई पनि महिलाहरुको बीचमा लैजान निर्देशन दिए। ‘महिलाहरुले जिम्मेवारी लिएको ठाउँमा पुरुषको तुलनामा भ्रष्टाचार कम भएको पाइएको छ,’ उनले भने

Hardik ivf

फरक प्रसंगमा उनले भगवान रामको जन्मभूमि माडीको अयोध्यापुरी नै भएको दाबी गरे। उनले भने, ‘पौराणीक मान्यता र शास्त्रहरुमा राम माडीमा नै जन्मिएको स्पष्ट छ, धेरै सूचकले यही कुरा देखाउँछ।’

माडीमा राम मन्दिर बन्ने बताउँदै उनले धार्मिक पर्यटक भित्र्याएर माडीलाई मडी बढाउन सकिने उनले बताए। माडी जाने निकुञ्जको बाटो कालोपत्रे हुनुपर्ने भन्दै उनले जंगलमा पनि कालोपत्रे गर्न मिल्ने बर्ताए।

एमालेले मिसन–२०८४ भन्दै आएको चर्चा गर्दै अध्यक्ष ओलीले चितवनका सात वटै पालिका र सबै वडा जित्ने गरी काम गर्न कार्यकर्तालाई निर्देशन दिए।

‘चितवन बनाउने हो भने एमालेलाई जिताउनु पर्छ। वडादेखि पालिका सबै एमालेले जित्नुपर्छ,’ उनले भने, ‘पार्टीलाई एकताबद्ध, एकजुट र सक्रिय बनाउनु पर्छ। आन्तरिक संघर्ष होइन, आन्तरिक छलफलबाट पार्टीलाई एकजुट बनाएर अघि बढ्नुपर्छ।’

प्रकाशित मिति: १९:४२ बजे, शुक्रबार, जेठ २५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्