Kathmandu Press

संचार र खेलकुद क्षेत्र व्यवस्थित गर्न छलफल

प्रजातान्त्रिक विचार समाजका अध्यक्ष एवं वरिष्ठ पत्रकार कुलचन्द्र वाग्लेले आलोचनात्मक चेतको अभावमा लोकतन्त्र सस्थागत हुन नसक्ने वताउदै शक्तिको आडमा स्वतन्त्र माध्यमलाइ नियन्त्रणमा लिने प्रयास आपत्तिजनक रहेको बताए।
संचार र खेलकुद क्षेत्र व्यवस्थित गर्न छलफल

काठमाडौं, २५ जेठ : संचार र खेलकुद क्षेत्र अव्यवस्थित बन्दै गएकोमा सम्बन्धित क्षेत्रका विज्ञहरुले चिन्ता व्यक्त गरेका छन्।  

जय नेपाल फाउण्डेसनद्वारा शुक्रबार आयोजित छलफलमा सहभागि हुँदै सम्बद्ध क्षेत्रका विज्ञले संचार र खेलकुद क्षेत्रको संरक्षण एवम् सम्बद्र्धनका लागि विभिन्न कोणबाट आफ्ना धारणा प्रश्तुत गरेका थिए।

प्रजातान्त्रिक बिचार समाजका अध्यक्ष एवं वरिष्ठ पत्रकार कुलचन्द्र वाग्लेले आलोचनात्मक चेतको अभावमा लोकतन्त्र सस्थागत हुन नसक्ने वताउदै शक्तिको आडमा स्वतन्त्र माध्यमलाइ नियन्त्रणमा लिने प्रयास आपत्तिजनक रहेको बताए।

Hardik ivf

कान्तिपुर मिडिया ग्रपका अध्यक्ष् कैलाश सिरोहियाको गिरफ्तारी गलत र दुराशयपुर्ण रहेको भन्दै वाग्लेले अभिव्यक्ति र प्रेस स्वतन्त्रताको बिषयमा यसले नयाँ वहस सिर्जना गरेको धारणा राखेका थिए।

पत्रकार तथा त्रिवि पत्रकारिता तथा आमसंचार विभागका प्रमुख डा.जगत नेपालले मुलधारको मिडियामाथि सोसल मिडियाको डोमिनेशन वढेको वताउदै संचार माध्यममा भित्रिएको अपारदर्शी लगानी चिन्ताको बिषय रहेको भनाई राखे। नेपाली काग्रेसकी केन्द्रीय सदस्य तथा सांसद रुपा विश्वकर्माले सुचनाको विश्वसनीयता हुनुपर्ने र पत्रकार देश र जनताप्रति जवाफदेही र जिम्मेवार बन्नुपर्ने बताइन्।

कार्यक्रममा अखिल नेपाल फुटवल संघ एन्फाका पु्र्वअध्यक्ष.कर्मा छिरिङ शेर्पाले खेलकुदको विकाश अहिले निरासाजनक र अव्यवस्थित रहेको चिन्ता व्यक्त गरे । शेर्पाले खेलकुद क्षेत्रको विकासका लागि पुर्वाधार, प्रशिक्षण, प्रतियोगिता, पैसा र पोलिसि पाँच ‘स’ सूत्र आवश्यक रहेको पनि बताए।

यस्तै एन्फाका पूर्वपदाधिकारी तथा खेलकुद विज्ञ रमेश रायमाझीले खेलकुदले देशको अन्तर्राष्ट्रिय साख बढाउने र राष्टिय भावनाको विकाश गर्ने भन्दै खेलकुदमा भविश्य छैन भन्ने मनोभावना चिर्न सक्नुपर्ने भनाई राखे।

युवा नेतृ रेखाकुमारी यादवले खेलकुद र संचार क्षेत्र वेथितितर्फ गइरहेको र राज्यको प्राथमिकतामा नपरेको चिन्ता व्यक्त गर्दै व्यवस्थित गरी डेमोक्रेटिक सिस्टमलाइ वलियो वनाउन सरकारले सोच्नुपर्ने बताइन्।

अधिवक्ता रुद्र कन्दङ्वाले मान्छेको चेतना महत्वपुर्ण रहेको वताउदै अध्ययन अनुसन्धानले नै समुदाय र देश अघि बढ्ने भन्दै यसमा राज्यको लगानी वढाउनुपर्ने धारणा राखे। खेलकुद र संचार क्षेत्रको विकासका लागि नीति र विधिविधानमा समयानुकुल सुधार आवश्यक रहेको कन्दङ्वाको भनाइ थियो।

यस्तै कार्यक्रममा विश्लेषक डा.सुदन कुमार ओलीले राष्ट्रिय खेलकुद नीति बन्ने चरणमा रहेकोले यसलाइ व्यवस्थित गर्न सबैले सरकारलाइ सल्लाह र सुझाव दिनुपर्ने भनाई राखे। अर्थशास्त्री भावुक राज न्यौपानेले सुचना प्रविधि र दुरसंचारको क्षेत्रमा भएको विकासले सम्भावना सगै चुनौतिपनि थपिएको वताउदै इन्टरनेट सुचनाको पहुँच सबैमा पुग्नुपर्ने र जुनसुकै वहानामा सुचनाको हकमाथि अंकुश लगाउने कामको विरोध गरिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा जय नेपाल फाउण्डेसनका अध्यक्ष बद्री अर्याल र सस्थापक सदस्य.विजुला बर्माले फाउण्डेनको उद्देश्य र कार्यक्रमबारे प्रकास पारेका थिए।

कार्यक्रममा इन्जिनियर सूर्य अधिकारी, जय नेपाल फाउण्डेसनका सदस्य सचिव विजयराज अधिकारी र ज्ञानु तिमल्सेनाले पनि संचार र खेलकुद क्षेत्रका समस्या र समाधानबारे टिप्पणी गरेका थिए।

प्रकाशित मिति: १८:२८ बजे, शुक्रबार, जेठ २५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्