Kathmandu Press

सहकारी छानविन प्रतिवेदन असार २ गतेभित्र उपलब्ध गराउन समितिको आग्रह

विशेष समितिको शुक्रबार बसेको उक्त आग्रह गरेको हो। सहकारी छानबिनको सम्बन्धमा विगतमा बनेका सबै छानबिन समिति र जाँचबुझ आयोगहरूको प्रतिवेदन असार २ गतेभित्र उपलब्ध गराउन पत्राचार गर्ने निर्णय गरिएको छ।
सहकारी छानविन प्रतिवेदन असार २ गतेभित्र उपलब्ध गराउन समितिको आग्रह

काठमाडौं, जेठ २५ : सहकारीको रकम ठगी प्रकरणमा छानविनका लागि गठितसंसदीय छानबिन विशेष समितिले सहकारी छानबिनसँग सम्बन्धित प्रतिवदेनहरू उपलब्ध गराउन सम्बद्ध पक्षलाई आग्रह गरेको छ।

विशेष समितिको शुक्रबार बसेको उक्त आग्रह गरेको हो। सहकारी छानबिनको सम्बन्धमा विगतमा बनेका सबै छानबिन समिति र जाँचबुझ आयोगहरूको प्रतिवेदन असार २ गतेभित्र उपलब्ध गराउन पत्राचार गर्ने निर्णय गरिएको छ।

Hardik ivf

यस्तै, बैठकमा समितिको कार्यविधिको मस्यौदा पनि छलफल भएको थियो। आजको बैठकमा सचिवालयले तयार पारेको प्रस्तावमा सदस्यहरूले अध्ययन गरी आगामी बैठकमा लिखित रूपमा सुझाव दिने सहमति समेत भएको जनाइएको छ।

प्रकाशित मिति: १८:२२ बजे, शुक्रबार, जेठ २५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्