Kathmandu Press

जसपा फुट विवादको रिट ‘हेर्दाहेर्दै’ मा

निर्वाचन आयोगले अवैध रुपमा पार्टी फुटाउन भूमिका खेलेको दाबीसहित उक्त पार्टीका अध्यक्ष उपेन्द्र यादवले गत वैशाख ३१ मा रिट दायर गरेका हुन्। रिटमा आयोगको निर्णय बदर गर्न माग गरिएको छ।
जसपा फुट विवादको रिट ‘हेर्दाहेर्दै’ मा

काठमाडौं, जेठ २५ : जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजनविरुद्ध परेको रिटमा सुनुवाई नसकिएपछि ‘हेर्दाहर्दै’ मा राखिएको छ।

रिटमाथि सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको इजलासमा सुनुवाइ भएको थियो। रिटमा शुक्रबारबाट सुनुवाई शुरु भएको हो।

Hardik ivf

निर्वाचन आयोगले अवैध रुपमा पार्टी फुटाउन भूमिका खेलेको दाबीसहित उक्त पार्टीका अध्यक्ष उपेन्द्र यादवले गत वैशाख ३१ मा रिट दायर गरेका हुन्। रिटमा आयोगको निर्णय बदर गर्न माग गरिएको छ।

उक्त रिटमा यसअघि सर्वोच्चले रिट निवेदकको माग वमोजिम अल्पकालीन अन्तरिम आदेश जारी गर्दै निर्वाचन आयोगका निर्णय यथावत् राख्न आदेश दिएको छ।

रिटमा निर्वाचन आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र पार्टी विभाजन गर्ने सातजना सांसदलाई समेत विपक्षी बनाएका छन्।

रिटमा पार्टी फुटाएर अशोक राईको नेतृत्वमा नयाँ पार्टी खोल्न भूमिका खेल्ने सांसद र मन्त्रीलाई पदबाट निलम्बित गर्न समेत छ ।

 

प्रकाशित मिति: १८:२१ बजे, शुक्रबार, जेठ २५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्