Kathmandu Press

‘मोबाइलको ‘ग्रे मार्केट’ व्यवसायीले नै रोक्नुपर्छ’

भन्सार छलेर भित्रिने मोबाइल फोनका कारण सरकारलाई राजस्व घाटा भइरहेको उल्लेख गर्दै उनले यस्तो कारोबार रोक्न व्यवसायी आफैंले लाग्नुपर्ने बताएकी हुन्।
‘मोबाइलको ‘ग्रे मार्केट’ व्यवसायीले नै रोक्नुपर्छ’

काठमाडौं, जेठ २५ : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भन्सार छलेर आउने मोबाइल सेटको ‘ग्रे मार्केट’लाई निरुत्साहित गर्न व्यवसायी नै अघि सर्न जरुरी रहेको बताएकी छन्।

भन्सार छलेर भित्रिने मोबाइल फोनका कारण सरकारलाई राजस्व घाटा भइरहेको उल्लेख गर्दै उनले यस्तो कारोबार रोक्न व्यवसायी आफैंले लाग्नुपर्ने बताएकी हुन्।

Hardik ivf

नेपाल मोबाइल व्यवसायी महासंघको शुक्रबारबाट राजधानीमा सुरु दोस्रो महाधिवेशन तथा तेस्रो साधारणसभाको उद्घाटन  समारोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले अवैध कारोबारले मोबाइल व्यवसायी मारमा परिरहेको गुनासो आएको बताएकी हुन्।

‘मोबाइल व्यवसायीले चोरीको मोबाइल बेच्न छाडे ग्रे फोनको कारोबार रोकिन्छ । ग्रे फोनको कारोबार बन्द भए देशको अर्थतन्त्रमा पनि वृद्धि हुने र त्यसले व्यवसायीहरुको मार्जिनमा समेत वृद्धि हुन सहयोग पुग्छ,’ उनले भनिन्, ‘तपाईहरु पनि ग्रे फोन बेच्न छोड्नुस्, सरकारले पनि मोबाइल व्यवसायीलाई सहयोग गर्छ।’

मोबाइल सेटको वैधता नियमन प्रणाली एमडीएमएस प्रणाली लागू गर्नबाट सरकार पछि नहटेको समेत उनले स्पष्ट पारेकी छन्। ढिलोचाडो एमडीएमएस प्रणाली लागू हुने उनले बताइन् ।

मुलुकमा अपेक्षित प्रविधिको विकास नभइसकेका कारण सरकारले अहिले नै एमडीएमएस लागू गर्न नसकेको प्रष्टीकरण उनले दिइन्।

त्यस्तै, मन्त्री शर्माले सूचना प्रविधि (आईटी) क्षेत्रमा रोजगारी र विकासका धेरै सम्भावनाहरु भएका कारण सरकारले नेपाललाई आईटी हब बनाउने नीति लिएको बताइन्।

सरकारले अगामी आर्थिक वर्षको बजेटमा आईटी क्षेत्रलाई प्राथमिकता दिएको उनको भनाइ थियो।

प्रकाशित मिति: १७:५४ बजे, शुक्रबार, जेठ २५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्