Kathmandu Press

चन्द्रौटामा नापी सर्वेक्षक घूसको रकमसहित पक्राउ

सर्वेक्षक बेचनप्रसाद गुप्तालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयको टोलीले शुक्रबार नियन्त्रणमा लिएको हो।
चन्द्रौटामा नापी सर्वेक्षक घूसको रकमसहित पक्राउ

कपिलवस्तु, जेठ १५ : कपिलवस्तुको चन्द्रौटास्थित नापी कार्यालयका एक सर्वेक्षक सेवाग्राहीबाट घूस लिएको रकमसहित पक्राउ परेका छन्।

सर्वेक्षक बेचनप्रसाद गुप्तालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयको टोलीले शुक्रबार नियन्त्रणमा लिएको हो।

जग्गा कित्ताकाट गर्ने प्रयोजनार्थ उनले सेवाग्राहीसँग घूस माग गरिरहेको भन्ने सूचना पाएपछि आयोगको टोलीले पुगेको थियो। ३५ हजार रुपैयाँ लिइसकेको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको हो।

नापी कार्यालयनजिकै उक्त रकमसँगै स्रोत नखुलेको ५० हजार रुपैयाँसहित नियन्त्रणमा लिइएका उनका विषयमा थप अनुसन्धान भइरहेको आयोग प्रवक्ता नरहरि घिमिरेले जनाएका छन्।

प्रकाशित मिति: १७:२० बजे, शुक्रबार, जेठ २५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्