Kathmandu Press

प्रधानमन्त्रीले आयोजना गरेको छलफलमा मेयर बालेन गएनन्

काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनमा सङ्घीय सरकार र स्थानीय सरकारको भूमिकामा छलफलका लागि प्रधानमन्त्री दाहालले उपत्यकाका मेयरहरुलाई निमन्त्रण गरेका थिए।
प्रधानमन्त्रीले आयोजना गरेको छलफलमा मेयर बालेन गएनन्

काठमाडौं, २५ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहालले आयोजना गरेको उपत्यकाका नगरपालिकाहरूको साझा मञ्च ‘मेयर्स फोरम’सँगको छलफलमा काठमाडौं महानगरपालिकाका मेयर बालेन साह अनुपश्थित भएका छन्।

काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनमा सङ्घीय सरकार र स्थानीय सरकारको भूमिकामा छलफलका लागि प्रधानमन्त्री दाहालले उपत्यकाका मेयरहरुलाई निमन्त्रण गरेका थिए।

Hardik ivf

छलफलमा मेयर बालेन नगएपछि उपमेयर सुनिता डंगोल पुगेकी थिइन् । तर महानगरको कार्यकारी भूमिकामा बालेन छन्।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, काठमाडौँ महानगरपालिकाका लगायत काठमाडौँ उपत्यकाभित्रका नगरपालिकाका मेयर, उपमेयरहरु छलफलमा सहभागि भएका थिए।

उपत्यकाको फोहोर व्यवस्थापनको प्रमुख दायित्व काठमाडौं महानगरको रहे पनिमेयर साह नगएपछि उपमेयर डंगोलसँग फोहोर व्यवस्थापनबारे छलफल गरिएको थियो।

छलफलमा प्रधानमन्त्री प्रचण्डले मेयर्स फोरमको सिफारिस बमोजिम काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको समन्वय संघीय सरकारले गर्नका लागि लगानी बोर्डले प्रक्रिया अगाडि बढाएको बताएका थिए।

प्रकाशित मिति: १५:५५ बजे, शुक्रबार, जेठ २५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्