Kathmandu Press

नेपाल बैंकले दियो प्रहरी स्कुललाई ३० लाखको छात्रवृत्ति

सम्झौतापत्र आदानप्रदानसँगै सहायक प्रमुख कार्यकारी अधिकृत अधिकारीले अक्षय कोष स्थापनाका लागि ३० लाख रूपैयाँको चेक एसएसपी ढकाललाई हस्तान्तरण गरे।
नेपाल बैंकले दियो प्रहरी स्कुललाई ३० लाखको छात्रवृत्ति

काठमाडौं, जेठ २५ : प्रहरी विद्यालयका लागि नेपाल बैंक लिमिटेडले ३० लाख रुपैयाँको छात्रवृत्ति कोष स्थापना गरेको छ।

‘नेपाल बैंक लिमिटेड शैक्षिक छात्रवृत्ति’ का लागि बैंक र नेपाल प्रहरीबीच शुक्रबार सम्झौता भएको हो।

प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित  कार्यक्रमबीच बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी र प्रहरी प्रधान कार्यालय कल्याण महाशाखा प्रमुख एसएसपी रेवती ढकालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

Hardik ivf

सम्झौतापत्र आदानप्रदानसँगै सहायक प्रमुख कार्यकारी अधिकृत अधिकारीले अक्षय कोष स्थापनाका लागि ३० लाख रूपैयाँको चेक एसएसपी ढकाललाई हस्तान्तरण गरे।

कार्यक्रममा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले छात्रवृत्ति दिने सम्झौताका लागि नेपाल बैंकलाई धन्यवाद दिए। सम्झौताले तल्लो दर्जाका प्रहरी कर्मचारीहरूको मनोबल उच्च हुने विश्वास उनले व्यक्त गरे।

बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेयले नागरिकको सेवामा नेपाल प्रहरीको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै प्रहरी कर्मचारीका सन्ततिलाई सहयोग गर्न पाएकोमा आत्मसन्तुष्टी प्राप्त भएको बताए।

सम्झौताअनुसार उपलब्ध रकमबाट प्रहरी कल्याण कोषको नाममा शैक्षिक छात्रवृत्ति अक्षय कोष स्थापना हुनेछ।

कोषको ब्याजबाट छात्रवृत्ति रकम निर्धारण गरी नेपाल प्रहरीका नौ स्कुलमा वितरण हुनेछ।

कक्षा ४ देखि १० सम्म पढ्ने छात्रछात्राले पाउने छात्रवृत्ति बिदा वा व्यक्तिगत कामको सिलसिलामा मृत्यु भएका प्रहरी कर्मचारीका सन्ततिलाई विपन्नताको आधारमा दिइने छ।

 

प्रकाशित मिति: १५:३१ बजे, शुक्रबार, जेठ २५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्