Kathmandu Press

सतीदेवीको टिजर सार्वजनिक [भिडियो]

मलिका महतको स्टारर फिल्मको टिजरको कथावस्तु, चरित्र चित्रण र दर्शकीय मनोविज्ञानबारे देखाएको छ। फिल्मले छोरीको अस्तित्व स्वीकार्न मुस्किल मान्ने पितृसत्तात्मक सोचलाई प्रश्न गरेको छ।
सतीदेवीको टिजर सार्वजनिक [भिडियो]

काठमाडाैं, जेठ २५ : लक्ष्मण सुवेदी निर्देशित फिल्म ‘सतीदेवी’ टिजर सार्वजनिक भएको छ। टिजर ओएसआर डिजिटलमार्फ सार्वजनिक भएको हो।

मलिका महतको स्टारर फिल्मको टिजरको कथावस्तु, चरित्र चित्रण र दर्शकीय मनोविज्ञानबारे देखाएको छ। फिल्मले छोरीको अस्तित्व स्वीकार्न मुस्किल मान्ने पितृसत्तात्मक सोचलाई प्रश्न गरेको छ।

Hardik ivf

फिल्ममा मलिकासहित हर्षिका वली, मञ्जिला बानियाँ, सन्दीपबाबु लोहनी, रमेश बुढाथोकी, कुलबहादुर अधिकारी, भोलाराज सापकोटा लगायतको अभिनय छ। लक्ष्मण सुवेदी फिल्म्सको ब्यानरमा यो फिल्मलाई श्रीदेवी सुवेदी र विशाल सुवेदीले निर्माण गरेका हुन्।

फिल्मको पटकथा र गीत पनि सुवेदीकै छ। यसअघि ‘एउटा साथी’ र ‘लालजोडी’ निर्देशन गरेका सुवेदीको फिल्म हो।

दक्षिण एसियाली सौराहा फिल्म फेस्टिभल र सेलिब्रेटी नेपालले आयोजना गरेको ग्रामीण फिल्म फेस्टिभलमा अवार्ड जितिसकेको ‘सतीदेवी’ साउन ४ गतेबाट प्रदर्शनमा आउने छ।

प्रकाशित मिति: १४:४४ बजे, शुक्रबार, जेठ २५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्