आइटी क्षेत्रमा एउटा उत्साहपूर्ण वातावरण बनेको छ : सञ्चारमन्त्री
उनले सरकारले डिजिटल नेपालको विषयलाई निकै महत्वका साथ अहिलेको बजेटमा उल्लेख गरेको भन्दै सबै नीजि क्षेत्र र वैदेशिक लगानी आकर्षित गर्ने गरे अगाडि बढ्ने बताइन्।
काठमाडौ, जेठ २५ : सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले आइटी डिकेट घोषणा गरेर आर्थिक वर्षलाई प्रस्थान विन्दुका रुपमा अगाडि बढाउने सरकारको प्रतिबद्धता रहेको बताएकी छन्।
शुक्रबार काठमाडौंमा आयोजित ‘डिजिटल नेपाल कन्क्लेभ २०२४’ लाई सम्बोधन गर्दै उनले आइसिटिलाई महत्वका र सबैको एकरुपका साथ अगाडि बढाएको भन्दै निरन्तरको छलफल, प्रचारात्मक कामहरु र सबैको सहयोगले आइटी डिकेट घोषणा गर्न सफल भएको बताइन्।
उनले सरकारले डिजिटल नेपालको विषयलाई निकै महत्वका साथ अहिलेको बजेटमा उल्लेख गरेको भन्दै सबै नीजि क्षेत्र र वैदेशिक लगानी आकर्षित गर्ने गरे अगाडि बढ्ने बताइन्।
‘यो डिजिटल नेपालको कुरा छ, वल्र्ड बैंक अझै पनि यसका लागि तयार छ । हामीले नेपाल सरकारकै तर्फबाट पनि यो कार्यक्रमलाई निकै महत्वका साथ अहिलेको बजेटमा उल्लेख गरेका छौं,’ उजले भनिन्, ‘त्यसकारण यी कार्यक्रमहरुलाई महत्वका साथ सरकारले अगाडी बढाएको छ र यसलाई परिमार्जन गर्ने भनेको छ । यो परिमार्जनको प्रक्रियामा अगाडि छौं।’
बजेट कार्यक्रम पारित नभएपनि नीति कार्यक्रम र बजेट वक्तव्यसम्म आइपुग्दा पनि आइटी क्षेत्रमा एउटा उत्साहपूर्ण वातावरण बनेको पनि उनको भनाइ छ।












