जसपा फुट विवादमा सर्वोच्चमा सुनुवाई सुरु
सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा अहिले रिट निवेदकका कानुनव्यवसायीबाट सुनुवाई चलिरहेको छ।
काठमाडौं, जेठ २५ : जनता समाजवादी पार्टी (जसपा) फुटविरुद्ध दायर रिटमा सर्वोच्च अदालतमा सुनुवाई सुरु भएको छ।
सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा अहिले रिट निवेदकका कानुनव्यवसायीबाट सुनुवाई चलिरहेको छ।
निर्वाचन आयोगले अवैध रुपमा पार्टी फुटाउन भूमिका खेलेको दाबीसहित उक्त पार्टीका अध्यक्ष उपेन्द्र यादवले गत वैशाख ३१ मा रिट दायर गरेका हुन्। रिटमा आयोगको निर्णय बदर गर्न माग गरिएको छ।
उक्त रिटमा यसअघि सर्वोच्चले रिट निवेदकको माग वमोजिम अल्पकालीन अन्तरिम आदेश जारी गर्दै निर्वाचन आयोगका निर्णय यथावत् राख्न आदेश दिएको छ।
रिटमा निर्वाचन आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र पार्टी विभाजन गर्ने सातजना सांसदलाई समेत विपक्षी बनाएका छन्।
रिटमा पार्टी फुटाएर अशोक राईको नेतृत्वमा नयाँ पार्टी खोल्न भूमिका खेल्ने सांसद र मन्त्रीलाई पदबाट निलम्बित गर्न समेत छ।












