Kathmandu Press

मधेश प्रदेशका मुख्यमन्त्री सिंहले लिए शपथ

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतीश सिंहले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट शपथ लिएका छन्।
मधेश प्रदेशका मुख्यमन्त्री सिंहले लिए शपथ
Hardik ivf

काठमाडौं, जेठ २५ : मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतीश सिंहले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट शपथ लिएका छन्। जनमत पार्टीका सांसद सिंह आजै मुख्यमन्त्री नियुक्त भएका थिए।

सिंहलाई जनमत पार्टीसहित नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादीको समर्थन रहेको छ। 

मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार प्रदेश सभामा विश्वासको मत गुमाएपछि सिंह मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। 
 

प्रकाशित मिति: १३:२८ बजे, शुक्रबार, जेठ २५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्