‘संघीयता बलियो हुन्छ, सबैले सकारात्मक पहल गर्नुपर्छ’
‘अन्तरप्रदेश व्यवस्थापिका मञ्च बनाएर संसदलाई प्रभावकारी बनाउन जुन भूमिका खेल्नुभएको छ, यो महत्वपूर्ण छ । आवधिक रूपमा यस्ता छलफलहरू जरूरी छ,’ प्रधानमन्त्री दाहालले भने, ‘सरकारले मञ्चका निष्कर्षहरूलाई गम्भीरतापूर्वक लिनेछ, अधिकतम सम्बोधनको प्रयास गर्नेछ।’(2)-1717737132.jpeg)
काठमाडौं, जेठ २५ : प्रधानमन्त्री पुष्पकमल दाहालले जनतालाई राम्रो डेलिभरि दिएपछिमात्र संघीयता बलियो हुने बताउँदै त्यसका लागि सबैले सकारात्मक पहल गर्नुपर्ने बताएका छन्।
शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा अन्तरप्रदेश व्यवस्थापिका मञ्चका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्रीले मञ्चका मागहरूलाई गम्भीरतापूर्वक लिएर अधिकतम सम्बोधन गर्ने आश्वासन दिए।
‘अन्तरप्रदेश व्यवस्थापिका मञ्च बनाएर संसदलाई प्रभावकारी बनाउन जुन भूमिका खेल्नुभएको छ, यो महत्वपूर्ण छ । आवधिक रूपमा यस्ता छलफलहरू जरूरी छ,’ प्रधानमन्त्री दाहालले भने, ‘सरकारले मञ्चका निष्कर्षहरूलाई गम्भीरतापूर्वक लिनेछ, अधिकतम सम्बोधनको प्रयास गर्नेछ।’
(1)-1717737132.jpeg?timestamp=1717738037533)
छलफलका क्रममा प्रधानमन्त्रीले संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधर र विरोधीबीच बहस भइरहेको बताउँदै जनतालाई राम्रो डेलिभरि दिनुपर्ने बताए।
‘हामी संघीय लोकतान्त्रिक गणतन्त्र बलियो बनाउने, संविधानको प्रभावकारी कार्यान्वयन गर्ने पक्षका हौं । यहाँ संघीयताका विरोधीहरू प्रदेशमाथि आक्रमण गरेर व्यवस्थामाथि अनास्था फैलाउने कोशिसमा छन्,’ उनले भने, ‘त्यस्तो प्रवृत्तिलाई हामीले निरूत्साहित गर्नुपर्छ। जनतालाई राम्रो डेलिभरि दिएर प्रदेश र स्थानीय सरकारलाई बलियो बनाउनुपर्छ।’
प्रधानमन्त्री दाहालले संघीय निजामती ऐन र प्रहरी समायोजनको काम छिटो निष्कर्षमा पुर्याउन आफूले पहल गरिरहेको पनि बताए। यो निष्कर्षमा पुगेपछि प्रदेश र स्थानीय तह बलियो हुन्छ हुने र संघीयतामाथि प्रश्न उठाउनेहरू कमजोर हुने उनले बताए।












