Kathmandu Press

कस्तो हुनेछ शनिबार र आइतबारको मौसम?

कस्तो हुनेछ शनिबार र आइतबारको मौसम?

काठमाडौं, जेठ २३ः जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले भोली शनिबार र आइतबारको मौसम सम्बन्धी पूर्वानुमान विवरण सार्वजनिक गरेको छ।

शनिबारको मौसम

भोली दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि साधारण बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका सिमित स्थानहरूमा तथा बाँकी भू–भागका एकाध स्थानमा मेघगर्जन/चट्यांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

Hardik ivf

भोलि राती कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशको केही स्थानहरुमा तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्यांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आइतबारको मौसम

दिउँसो  कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्यांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै, आइतबार राती कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्यांगसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टामा भने कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्यांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

मधेश प्रदेशका एक–दुई स्थानमा हावा हुरीको पनि सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन सचेत गराएको  छ ।

प्रकाशित मिति: १०:२३ बजे, शुक्रबार, जेठ २५, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्