Kathmandu Press

सिंहदरबारभित्र अपांगतामैत्री पार्किङस्थल तोक्न गृहको निर्देशन

सिंहदरबार परिसरलाई अपांगतामैत्री बनाउन अपांगता भएका व्यक्तिले प्रयोग गर्ने सवारी साधनका लागि पार्किङ एरिया तोक्ने व्यवस्था मिलाउन महानगरीय प्रहरी सुरक्षा गण, सिंहदरबारलाई गृह मन्त्रालयले निर्देशन दिएको मन्त्रालयका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टराईले जनाए।
सिंहदरबारभित्र अपांगतामैत्री पार्किङस्थल तोक्न गृहको निर्देशन

काठमाडौं, जेठ २४ : गृह मन्त्रालयले सिंहदरबार परिसरभित्र अपांगतामैत्री पार्किङस्थल तोक्न निर्देशन दिएको छ।

सिंहदरबार परिसरलाई अपांगतामैत्री बनाउन अपांगता भएका व्यक्तिले प्रयोग गर्ने सवारी साधनका लागि पार्किङ एरिया तोक्ने व्यवस्था मिलाउन महानगरीय प्रहरी सुरक्षा गण, सिंहदरबारलाई गृह मन्त्रालयले निर्देशन दिएको मन्त्रालयका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टराईले जनाए।

Hardik ivf

‘सिंहदरबार परिसरभित्र आउने अपांगता भएका आगन्तुक तथा सेवाग्राहीलाई सहजहोस् भन्ने उद्देश्यले मन्त्रालयले अपांगतामैत्री पार्किङ बनाउन एरिया तोक्ने निर्देशन दिएको हो,’ उनले भने।

सो व्यवस्था मिलाई मार्किङ गर्नसमेत मन्त्रालयले निर्देशन दिएको प्रवक्ता भट्टराईले बताए।

गृहको निर्देशन कार्यान्वयनमा आएपछि अपांगता भएका व्यक्तिहरुलाई सवारीसाधन पार्किङमा सहजता हुने विश्वास गरिएको छ। गृह प्रशासनले नागरिकमैत्री निर्णयमा जोड दिएको छ।

अन्य मन्त्रालयको जिम्मेवारीमा पर्ने भए पनि ती मन्त्रालयको प्राथमिकतामा नपर्दा थप जिम्मेवारीसमेत गृहले निर्वाह गर्नुपरेको मन्त्रालयले जनाएको छ।

सिंहदरबारभित्र निर्मित कतिपय संरचना अपांगतामैत्री  छैनन्। सिंहदरबारमा  कार्यरत कर्मचारीदेखि आगन्तुकका लागिसमेत पार्किङ बनाउन सकिएको छैन । जसका कारण पार्किङमा समस्या देखिने गरेको छ।

परिसरभित्रै अस्तव्यस्त पार्किङ भएपछि केही साताअघि मात्रै ट्राफिक प्रहरीको नियमितटोली तैनाथ गर्ने निर्णय गरिएको थियो।

प्रकाशित मिति: २१:२८ बजे, बिहीबार, जेठ २४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्