Kathmandu Press

पत्रकार महासंघको निवार्चनका लागि उम्मेदवार छान्न प्रेस युनियनले बनायो समिति

पत्रकार महासंघका उम्मेदवारको सूची तय गर्न वरिष्ठ उपाध्यक्ष प्रेम केसीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको युनियसका महासचिव दिलिप पौडेलले जानकारी दिए। समितिमा उपाध्यक्षहरू नकुल अर्याल, भीष्मराज ओझा, सलोजा दाहाल सदस्य छन् भने महासचिव दिलीप पौडेल सदस्य सचिव छन्।
पत्रकार महासंघको निवार्चनका लागि उम्मेदवार छान्न प्रेस युनियनले बनायो समिति

काठमाडौं, जेठ २४ : लोकतन्त्रवादी पत्रकारहरुको साझा संस्था नेपाल प्रेस युनियनको बैठकले विधान अनुसार सदस्यता टुंगाएर नेपाल पत्रकार महासंघको निर्वाचन सुनिश्चित गर्न माग गरेको छ।

शिव लम्सालको अध्यक्षतामा बिहीबार बसेको आकस्मिक बैठकले विधान अनुसार सदस्यता टुंगाएर निर्वाचन सुनिश्चित गर्न नेपाल पत्रकार महासंघसँग माग गरेको हो।

पत्रकार महासंघको अधिवेशन जेठ २६ गते तोकिएको भए पनि सदस्यता विवाद नटुंगिएका कारण जटिलता सिर्जना भएपछि युनियनले आफ्नो धारणा प्रस्ट पारेको छ ।

Hardik ivf

बैठकले पत्रकार महासंघको आसन्न निर्वाचनमा उम्मेदवारको प्रारम्भिक सूची तयार गरी आवश्यक परामर्श गर्नका लागि विशेष समिति गठन समेत गरेको छ।

पत्रकार महासंघका उम्मेदवारको सूची तय गर्न वरिष्ठ उपाध्यक्ष प्रेम केसीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको युनियसका महासचिव दिलिप पौडेलले जानकारी दिए। समितिमा उपाध्यक्षहरू नकुल अर्याल, भीष्मराज ओझा, सलोजा दाहाल सदस्य छन् भने महासचिव दिलीप पौडेल सदस्य सचिव छन्।

समितिलाई महासंघको आसन्न निर्वाचनमा उम्मेदवारको प्रारम्भिक सूची तयार गरी सरोकारवालासँग आवश्यक परामर्श गर्ने कार्यादेश दिइएको छ।

युनियनले महासंघका शाखाले सर्वसम्मत रूपमा सिफारिस गरेका सदस्यहरू कायम गर्न, जिल्लाबाट सिफारिस गरेपछि कतिपय प्रदेश समितिले हटाएका नामलाई समेत कायम गर्न तथा कारणबस छुटेर प्रदेश समितिमा उजुरी परी छानबिनबाट सिफारिस भएका सदस्यहरूलाई कायम गरी महासंघको सदस्यता टुंगाउन आग्रह गरेको छ ।

युनियनको उक्त निर्णयसँगै अबरुद्ध महासंघको निर्वाचनका लागि मार्ग तय हुने परिस्थिति देखिएको छ ।

सचिवालय  बैठकले सन् २०२४ जुन १९ मा लन्डनमा आयोजना हुने अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएफजे)को वार्षिक साधारण सभामा सहभागी हुन अध्यक्ष शिव लम्साललाई पठाउने निर्णय समेत गरेको छ।

प्रकाशित मिति: १९:२३ बजे, बिहीबार, जेठ २४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्