लुम्बिनी विकास कोषका इन्जिनियर भट्टराई अकुत सम्पत्ति आर्जनमा भ्रष्टाचारी ठहर
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यद्वय तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले बिहीबार भट्टराइलाई भ्रष्टाचारी ठहर गरेको हो।
काठमाडौं, जेठ २४ : पदीय दुरुपयोग गरी गैरकानुनी सम्पत्ति (अकुत) आर्जन गरेको अभियोगमा लुम्बिनी विकास कोषका इन्जिनियर सरोज भट्टराई भ्रष्टाचारी ठहर भएका छन्।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यद्वय तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले बिहीबार भट्टराइलाई भ्रष्टाचारी ठहर गरेको हो।
उनी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत चैत २५ विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
अख्तियारले कोषमा ठेक्काको काम गर्ने निर्माण सेवाका प्रोपराइटरबाट घुस रकम लिएर भक्तपुरको गुण्डुमा जग्गा जमिन खरिद गरेकोलगायत अभियोग भट्टराईमाथि लगाएको थियो। विशेष अदालतले भ्रष्टाचारी ठहर गर्दै आगामी जेठ ३१ गते सजाय निर्धारणका लागि पेशी तोकेको छ।
कोषको निर्माणसम्बन्धी ठेक्कापट्टा लिएका व्यापारी सफिक अहमदबाट भट्टराईले तेस्रो व्यक्तिमार्फत ८० लाख रुपैयाँ घुस लिएको दाबीसमेत अख्तियारले गरेको थियो।
भट्टराई आव २०७५÷७६ अघिसम्म कोषमा योजना प्रमुख थिए । उनकै समयमा व्यापारी अहमदले १ अर्ब २२ करोड रुपैयाँ बराबरको ठेक्का दिलाइएको थियो।












