Kathmandu Press

१४ किलो सुन तस्करीका सबै अभियुक्तलाई थुनामा राख्न आदेश

१४ केजी सुन तस्करीको अभियोग लागेका लेकबहादुर तामाङ, रमेश देउला, अनिल श्रेष्ठ, राधाकृष्ण श्रेष्ठ, शेरबहादुर बस्नेत, कृष्णकुमार श्रेष्ठ, मीनबहादुर घले र जीवन गुरुङलाई थुनामा राख्न आदेश भएको हो।
१४ किलो सुन तस्करीका सबै अभियुक्तलाई थुनामा राख्न आदेश

काठमाडौं, जेठ २४ : १४ किलो सुन तस्करी प्रकरणमा मुछिएका सबै अभियुक्तलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको छ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय हरिप्रसाद पौडेल र हेमन्त रावलको संयुक्त इजलासले विहीबार मुद्दाको फैसला नहुञ्जेलसम्मका लागि सबै प्रतिबादीलाई थुनामा पठाउन आदेश गरेको हो। जिल्ला अदालत काठमाडौँले यसअघि थुनामा पठाउने गरी गरेको आदेश सदर गरेको छ।

Hardik ivf

१४ केजी सुन तस्करीको अभियोग लागेका लेकबहादुर तामाङ, रमेश देउला, अनिल श्रेष्ठ, राधाकृष्ण श्रेष्ठ, शेरबहादुर बस्नेत, कृष्णकुमार श्रेष्ठ, मीनबहादुर घले र  जीवन गुरुङलाई थुनामा राख्न आदेश भएको हो।

१४ किलो सुन तस्करी प्रकरणमा दुबईबाट आएका गोरखाका चन्द्र घलेलाई पक्राउ गरेपछि  रहस्य बाहिरिएको थियो। यी प्रतिबादीविरुद्ध १ अर्ब ४० करोड ५५ लाख रुपैयाँ बिगो तथा दुईदेखि पाँच वर्षसम्मको कैद सजाय माग दाबी गर्दै मुद्दा चलाइएको छ।

प्रहरीले सुन तस्करीमा नाम मुछिएका अङ्कित अग्रवाल, राजेन्द्र बस्नेत, विमल पोद्दार, राजकुमार भारती, जीवन गुरुङ, गुरु भन्ने व्यक्तिहरूलाई फेल परेका बखत मुद्दा चलाइने जनाउ समेत अदालतलाई दिएको छ।

प्रकाशित मिति: १८:३० बजे, बिहीबार, जेठ २४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्