Kathmandu Press

मनसुनजन्य विपद्सँग जुध्न गृहमन्त्री लामिछानेले खोजे दलहरुको साथ

गृहमन्त्री लामिछानेले विपद् पर्दा कुनै पनि बेलामा एक स्थानमा उभिन सक्ने एउटा टिम बनाउने भन्दै त्यसका लागि स्वंमसेवकका रुपमा राजनीतिक दलहरुबाट दुई तीन जना प्रतिनिधिको अपेक्षा गरेको बताए।
मनसुनजन्य विपद्सँग जुध्न गृहमन्त्री लामिछानेले खोजे दलहरुको साथ

काठमाडौं, जेठ २४ : गृहमन्त्री रवि लामिछानेले मनसुनजन्य विपद्को सामनाका लागि राजनीतिक दलहरुको साथ खोजेका छन्।  

गृहमन्त्रालयमा बिहीबार राजनीतिक दलहरुसँगको छलफलमा उनले विपद्को समयमा अति जोखिममा पर्ने बस्तीलाई सुरक्षित स्थानमा सार्ने व्यवस्था गर्नका लागि आवश्यक पहल तुरुन्तै गरिने बताए।

Hardik ivf

‘अति जोखिम भएको स्थानमा बस्ने नागरिकहरुलाई स्थानान्तर गर्ने र त्यसको लागि सेल्टरहरुको आवश्यकता कहाँ लगेर सुरक्षित रुपमा राख्न सकिन्छ त्यसको व्यवस्था तुरुन्त गर्नका लागि आजको बैठकले एउटा उपाय दिएको छ,’ उनले भने, ‘यसमा लागि आवश्यक पहल आज नै गर्ने छ।’

गृहमन्त्री लामिछानेले विपद् पर्दा कुनै पनि बेलामा एक स्थानमा उभिन सक्ने एउटा टिम बनाउने भन्दै त्यसका लागि स्वंमसेवकका रुपमा राजनीतिक दलहरुबाट दुई तीन जना प्रतिनिधिको अपेक्षा गरेको बताए।

‘गृह मन्त्रालयले स्वयम्सेवकका रुपमा राजनीतिक दलहरुबाट दुई–तीन जना साथीहरुको अपेक्षा गर्न सक्छांै होला, त्यसको केही जानकारी पाउन सक्थयांै, हामीले बनाउने योजनामा त्यसको ठूलो भूमिका हुन्छ,’ उनले भने।

विपद्मा पूर्णरुपमा क्षति भएका, भत्किएका घर निर्माणका लागि बजेट व्यवस्थापन गर्ने र विपद् पश्चात जग्गा नै बाँकी नरहने व्यक्तिहरुलाई जग्गा किन्न अनुदान दिने विषयको कानूनी प्रावधान कार्यविधि पनि मन्त्रिपरिषद्सम्म पुगेको पनि उनले बताए।

प्रकाशित मिति: १८:०७ बजे, बिहीबार, जेठ २४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्