सामान्य अंकले घट्यो नेप्से
यसअघि बुधबार नेप्से ५.५८ अंकले घट्दै २०७९.७१ विन्दुमा रहँदा ८० लाख ४२ हजार ७६७ कित्ता सेयर ३ अर्ब ९९ करोड २९ लाख रुपैयाँमा किनबेच भएको थियो।काठमाडौं, जेठ २४ : साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार सामान्य अंकले घटेको छ । कारोबार रकम भने अघिल्लो दिनका तुलनामा बढेको छ। नेप्से परिसूचक १.९३ अंकले घट्दै २०७७.७८ को विन्दुमा रह्यो।
८८ लाख १३ हजार ३७४ कित्ता सेयर ४ अर्ब ३८ करोड ८२ लाख रुपैयाँमा किनबेच भएको छ।
यसअघि बुधबार नेप्से ५.५८ अंकले घट्दै २०७९.७१ विन्दुमा रहँदा ८० लाख ४२ हजार ७६७ कित्ता सेयर ३ अर्ब ९९ करोड २९ लाख रुपैयाँमा किनबेच भएको थियो।
मंगलबार बजार ६.२२ अंकले बढ्दा परिसूचक नेप्से २०८५.३० को विन्दुमा थियो। ८३ लाख ५ हजार ७८६ कित्ता सेयर ४ अर्ब ८ करोड ४७ लाख रुपैयाँमा किनबेच भएको थियो।
बिहीबार १३ मध्ये होटल तथा पर्यटन, जलविद्युत, लगानी, लघुवित्त र व्यापारबाहेकका सबै उपसमूह घटेका छन्। व्यापार उपसमूह १९६ प्रतिशतले बढेको छ । १३५ कम्पनीको सेयरमूल्य घट्दा माईखोला हाइड्रोपावरका लगानीकर्ता सर्वाधिक ६.४० प्रतिशतको नोक्सानमा रहे।
१०१ कम्पनीको सेयरमूल्य बढ्दा तीन कम्पनीको सेयरमा सकारात्मक सर्किट नै लागेको छ।
इमर्जिङ नेपाल, भगवती हाइड्रोपावर र मध्य सोलु हाइड्रोपावरको सेयरमूल्य बढेर सर्किट लागेको हो। बुद्धभूमि नेपाल र माण्डु हाइड्रोपावरको सेयरमूल्य पनि उल्लेख्य बढेको छ । ११ कम्पनीको सेयरमूल्य स्थिर रह्यो।
सर्वाधिक कारोबार हुनेमा एनआरएन इन्फ्रास्ट्रक्चर लगातार अगाडि छ। उक्त कम्पनीको १८ करोड ६८ लाख रुपैयाँको सेयर कारोबार भएको छ।
यस्तै सीइडीबी हाइड्रोपावरको १४ करोड ४५ लाख, पोखरा फाइनान्सको १४ करोड १३ लाख, हिमालयन लघुवित्तको १० करोड २६ लाख र सुपर मादी हाइड्रोपावरको ८ करोड ९६ लाख रुपैयाँको सेयर किनबेच भएको छ।