Kathmandu Press

समाजवादी मोर्चा प्रधानमन्त्रीले पोलेर खाइसके : यादव

यादवले प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष केपी ओलीको योजनामा पार्टी विभाजन भएको आरोप पनि लगाए।
समाजवादी मोर्चा प्रधानमन्त्रीले पोलेर खाइसके : यादव

काठमाडौं, जेठ २४ : जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले चार दलीय समाजवादी मोर्चा प्रधानमन्त्री पुष्पकमल दाहाल ले पोलेर खाइसकेको प्रतिक्रिया दिएका छन्।

प्रधानमन्त्रीप्रति आक्रोशित भएका उनले एक अन्तर्वार्ताका क्रममा मोर्चाको औचित्य समाप्त भइसकेको समेत बताए।

Hardik ivf

‘समाजवादी मोर्चा प्रधानमन्त्रीले पोलेर खाइहाले नि। मोर्चा भए पाे सहभागी हुने, मोर्चा नै सिध्याएपछि सहभागीताको औचित्य छैन,’ उनले भने।

यादवले प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष केपी ओलीको योजनामा पार्टी विभाजन भएको आरोप पनि लगाए।

प्रकाशित मिति: १५:५७ बजे, बिहीबार, जेठ २४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्