Kathmandu Press

भारतले बनाइदियो सुनसरीमा दुई विद्यालय भवन

बुधबार जिल्ला समन्वय समितिका प्रमुख राजन मेहता, रामधुनी नगरपालिकाका मेयर शंकरलाल चौधरी र काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव सुमन शेखरले संयुक्त रुपमा उक्त भवनको उद्घाटन गरे।
भारतले बनाइदियो सुनसरीमा दुई विद्यालय भवन

काठमाडौं, जेठ २४ : भारतले ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत २ करोड ६३ लाख रुपैयाँमा सुनसरीस्थित भादगाउँ सिनुवारी माध्यमिक विद्यालय र कुल ३ करोड ५ लाख रुपैयाँमा भगवती माध्यमिक विद्यालयको भवन निर्माण गरेको छ।

बुधबार जिल्ला समन्वय समितिका प्रमुख राजन मेहता, रामधुनी नगरपालिकाका मेयर शंकरलाल चौधरी र काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव सुमन शेखरले संयुक्त रुपमा उक्त भवनको उद्घाटन गरे।

Hardik ivf

भारत सरकारको अनुदान सहयोग भादगाउँ सिनुवारी माध्यमिक विद्यालयलाई आवश्यक अन्य सुविधासँगै विद्यालय भवनको निर्माणमा उपयोग गरिएको थियो ।

भारत सरकारको अनुदान सहयोगमा भगवती माध्यमिक विद्यालयलाई आवश्यक पर्ने अन्य सुविधासँगै विद्यालय भवनको निर्माणमा उपयोग गरिएको थियो। भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत यी परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको थियो ।

नवनिर्मित विद्यालय भवन उपयोगी हुनुका साथै यसले सिकाइका लागि राम्रो वातावरण सिर्जना भारतले जनाएको छ। यस क्षेत्रको शिक्षाको विकासमा पनि योगदान पुर्‍याउनेछ।

सन् २००३ यता नेपालका विभिन्न क्षेत्रमा ५५१ वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइएका छन् भने ४९० वटा परियोजना सम्पन्न भइसकेका छन्।

प्रकाशित मिति: १५:४८ बजे, बिहीबार, जेठ २४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्