केही ऐन संशोधनका लागि १० मन्त्रालय छलफलमा
कानुनमन्त्री पदम गिरीले १० वटा मन्त्रालयसँग सम्बन्धित विधेयकहरुमा समितिमा सहमति जुटिनसकेको हुनाले छलफल थालेको सुरु गरेको बताए।-1717667930.jpg)
काठमाडौं, जेठ २४ : केही ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई टुंगो लगाउन १० वटा मन्त्रालयबीच छलफल चलिरहेको छ।
यसका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बिहीबार बैठक भएको छ। कानुनमन्त्री पदम गिरीले १० वटा मन्त्रालयसँग सम्बन्धित विधेयकहरुमा समितिमा सहमति जुटिनसकेको हुनाले छलफल थालेको सुरु गरेको बताए।
छिटै छलफल सकेर विधेयकलाई टुंगोमा पु¥याउने गरी काममा जुटेको उनले बताए।
उनले भने, ‘हामी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकको छलफलको क्रममा छौं। जुन जुन मन्त्रालयसँग सम्बन्धित विधेयकसँग छलफल जुट्न सकेको छैन । त्यस सम्बन्धमा छलफल गर्न सम्बन्धित मन्त्रालयका मन्त्रीज्युहरु र प्रतिनिधिरुलाई बोलाएर छलफल गरिरहेको छौं।’
उनले छिटै छलफल टुंग्याएर विधेयकलाई हामी टुंगोमा पु¥याउने काममा आफूहरु लागेको बताए।
प्रकाशित मिति: १५:४३ बजे, बिहीबार, जेठ २४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












