Kathmandu Press

अन्तर्राष्ट्रिय सौर्य गठबन्धन स्थापनासम्बन्धी प्रस्ताव पारित

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले प्रस्तुत गरेको उक्त प्रस्ताव प्रतिनिधिसभाले बहुमतले पारित गरेको हो।
अन्तर्राष्ट्रिय सौर्य गठबन्धन स्थापनासम्बन्धी प्रस्ताव पारित

काठमाडौं, जेठ २४ : प्रतिनिधिसभाबाट ‘अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए को स्थापनासँग सम्बन्धित सम्झौतालाई अनुमोदन गरियोस्’ प्रस्ताव पारित भएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले प्रस्तुत गरेको उक्त प्रस्ताव प्रतिनिधिसभाले बहुमतले पारित गरेको हो।

Hardik ivf

प्रस्तावमाथिको छलफलमा सांसदहरू रघुजी पन्त, माधव सापकोटा, जुली महतो, लालप्रसाद सावा लिम्बू, अमरबहादुर थापा, देवेन्द्र पौडेल, प्रेम सुवाल, ध्रुवबहादुर प्रधान, राजेन्द्र केसी, नागिना यादवले भाग लिई आ–आफ्ना धारणा व्यक्त गरेका थिए।

छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री बस्नेतले उक्त हस्ताक्षर गर्दा राष्ट्रिय हितालाई ध्यान दिइएको स्पष्ट पारे। उनले सम्झौता आर्थिक, प्राविधिक हस्तान्तरण र स्वच्छ ऊर्जाका दृष्टिलेसमेत राष्ट्रिय हितमा रहेको जानकारी गराए।

मन्त्री बस्नेतले नेपालको सन्दर्भमा वर्षायाममा जलविद्युत् धेरै उत्पादन हुने र सुख्खा याममा अपर्याप्त हुने भएकाले यस्तो अन्तर कम गर्न पनि सम्झौता आवश्यक रहेको औंल्याए।

जलविद्युतसँगै सौर्य र वायु ऊर्जाको उपयोग गर्न पनि ऊर्जा ‘मिक्स’ गर्नुपर्ने उनको भनाइ छ। सुख्खा याममा ऊर्जा आयात गर्नुपर्ने बाध्यता अन्त गर्न पनि सम्झौता उपयोगी हुने मन्त्री बस्नेतले बताए।

प्रकाशित मिति: १५:१० बजे, बिहीबार, जेठ २४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्