Kathmandu Press

‘सहकारी ठगलाई जोगाउन छानबिन समिति बनाइयो’

‘सहकारी क्षेत्रमा सत्तामा रहेका मान्छेहरूले नै बदमासी गरेकाले यसअघिका विभिन्न समितिका प्रतिवेदन कार्यान्वयन हुन सकेको छैन,’ बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै केसीले भने, ‘अहिलेको समिति टालटुल गर्ने र दोषीलाई जोगाउने माध्यम बन्न सक्छ।’
‘सहकारी ठगलाई जोगाउन छानबिन समिति बनाइयो’

काठमाडौं, जेठ २४ : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सहकारी प्रकरणको छानबिन गर्न बनेको समितिको प्रतिवेदन कार्यान्वयन हुनेमा आशंका व्यक्त गरेका छन्।

‘सहकारी क्षेत्रमा सत्तामा रहेका मान्छेहरूले नै बदमासी गरेकाले यसअघिका विभिन्न समितिका प्रतिवेदन कार्यान्वयन हुन सकेको छैन,’ बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै केसीले भने, ‘अहिलेको समिति टालटुल गर्ने र दोषीलाई जोगाउने माध्यम बन्न सक्छ।’

Hardik ivf

सांसद केसीले सहकारी ठगहरूलाई जोगाउनकै लागि संसदीय छानबिन समिति बनाएको आरोप पनि लगाए। प्रतिवेदन कार्यान्वयन गर्ने ठाउँमा नै आरोप लागेको व्यक्तिहरू भएकाले कुनै निष्पक्ष काम नहुने उनलले तर्क गरे।

‘जनताले खाइ नखाइ सहकारीमा जम्मा गरेको पैसा सीमित टाढाबाठाले लुटे, तीनीहरू अहिले कुनै कुनामा लुकेर ढुक्कसँग बसेका छन्। यी सबैलाई राज्यसत्ताले संरक्षण गरिराखेको छ,’ उनले भने, ‘यहाँ संसदमा भएका धेरै माननीयज्यूहरूलाई थाहा छ। सहकारीको रकम हिनामिना कसले गरेको छ? राज्यसत्तामा भएकाहरूले नै सहकारीको रकम लुटेका छन्।’

उनले अहिले सहकारी प्रकरणमा चोरलाई चौतारी, पीडितलाई दण्ड भनेजस्तो भएको बताए। उनले सहकारीको बदमासी गर्नेविरुद्ध संगठित भएर आवाज उठाउनुपर्ने उल्लेख गरे।

प्रकाशित मिति: १४:४१ बजे, बिहीबार, जेठ २४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्