Kathmandu Press

देशमा असन्तुष्टि बढ्यो, सरकार गम्भीर बनोस : सांसद् खान

विहीबार प्रतिनिधि सभाको बैठकमा उनले जनताको माग भनेको गुणस्तरीय र जीवनयापन गर्न उपयोगी निशुल्क शिक्षा, देशभित्र रोजगारीलगायत रहेको भन्दै यसमा सरकार गम्भीर हुन आवश्यक रहेको बताए।
देशमा असन्तुष्टि बढ्यो, सरकार गम्भीर बनोस : सांसद् खान

काठमाडौं, जेठ २४ : जनमत पार्टीका सांसद अब्दुल खानले जनतासँग गरेको प्रतिवद्धताहरु पूरा गर्नको लागि सरकार गम्भीर हुनुपर्ने बताएका छन्।

विहीबार प्रतिनिधिसभाको बैठकमा उनले जनताको माग भनेको गुणस्तरीय र जीवनयापन गर्न उपयोगी निशुल्क शिक्षा, देशभित्र रोजगारीलगायत रहेको भन्दै यसमा सरकार गम्भीर हुन आवश्यक रहेको बताए।

Hardik ivf

‘नेपालमा यस्तो प्रकारको असन्तुष्टिहरु किन व्याप्त छन्। जनताको आवश्यकता के हो, चाहना के हो? यदी हामीले जनताहरुसँग सोध्ने हो भने उहाँहरुको चाहना गुणस्तरीय र जीवनयापन गर्न उपयोगी निशुल्क शिक्षा, छिटो छरितो सेवा, देशभित्र रोजगारी, कार्यालयहरुमा छिटो काम, शान्ति, मलको व्यवस्थालगायतका माग छन्, यसमा गम्भीर भएर सोच्नुपर्छ,’ उनले भने।

हाल देशको अवस्था दयनीय र जर्जर रहेको भन्दै चारैतिर असन्तुष्टिहरु बढेको सांसद खानले बताए ।
‘हाल देशको अवस्था दयनीय र जर्जर छ । चारैतिर असन्तुष्टिहरु व्यापक छन । देशको आर्थिक वृद्धिदर २.२ प्रतिशतमा सिमित छ । कुल उत्पादनमा उद्योग क्षेत्रको योगदान झन घट्दै १२ प्रतिशतमा पुगेको छ,’ उनले भने।

कुल ग्रार्हस्थ्य उत्पादनको अनुपातमा आप्रवाह २२.७ प्रतिशत रहेको छ बताउँदै उनले तिर्न बाँकी कुल ऋण ४१.२ प्रतिशत रहेको बताए।

प्रकाशित मिति: १४:१५ बजे, बिहीबार, जेठ २४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्