एमाले सुनसरीका नवनिर्वाचित अध्यक्ष खनालको निधन
खनाललाई उपचारका लागि भारतको हैदरावाद लैजाने क्रममा बुधबार राति निधन भएको हो। खनाल लामो समयदेखि पेटसम्बन्धी बिरामी थिए।
काठमाडौं, जेठ २४ : नेकपा एमाले सुनसरीका नवनिर्वाचित अध्यक्ष निलम खनालको निधन भएको छ।
खनाललाई उपचारका लागि भारतको हैदरावाद लैजाने क्रममा बुधबार राति निधन भएको हो। खनाल लामो समयदेखि पेटसम्बन्धी बिरामी थिए।
जेठ ५ देखि ७ सम्म चलेको आठौँ जिल्ला अधिवेशनबाट खनाल एमाले सुनसरीको अध्यक्षमा निर्वाचित भएका थिए।
६२ वर्षीय खनाल सुनसरीको बराहक्षेत्र नगरपालिका–४ का स्थायी बासिन्दा हुन्। खनाल बराहक्षेत्र नगरपालिकाका पूर्वमेयरसमेत हुन्।
प्रकाशित मिति: १४:१० बजे, बिहीबार, जेठ २४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार