प्रधानन्यायाधीश श्रेष्ठ बंगलादेश प्रस्थान
बंगलादेशका समकक्षी प्रधानन्यायाधीशको मैत्रीपूर्ण निमन्त्रणामा ‘न्यायालयको अन्तर्राष्ट्रिय सम्मेलन’मा भाग लिन प्रधानन्यायाधीश श्रेष्ठ बिहीबार ढाका प्रस्थान गरेका हुन्।
काठमाडौं, जेठ २४ : प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ बंगलादेश प्रस्थान गरेका छन्।
बंगलादेशका समकक्षी प्रधानन्यायाधीशको मैत्रीपूर्ण निमन्त्रणामा ‘न्यायालयको अन्तर्राष्ट्रिय सम्मेलन’मा भाग लिन प्रधानन्यायाधीश श्रेष्ठ बिहीबार ढाका प्रस्थान गरेका हुन्।
विमान बंगलादेशको उडानबाट ढाका प्रस्थान गरेका प्रधानन्यायाधीश श्रेष्ठसँग उनकी श्रीमती रोशनी अमात्य र सर्वोच्च अदालतका रजिष्ट्रार विमल पौडेल सहभागी रहेको सर्वोच्च अदालले जनाएको छ।
प्रकाशित मिति: १४:०३ बजे, बिहीबार, जेठ २४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार