‘काठमाडौं महानगरसँगको द्वन्द्वले सरकारमाथि नै गम्भीर प्रश्न उठ्यो’
‘तत्काल समन्वय होस् सरकारी पक्षले अहंकार, झगडिया कानून नबोकोस्, यसलाई समन्वय गर्नुपर्ने सरकारको दायित्व छ त्यसलाई पूरा गरोस्।’
काठमाडौं, जेठ २४ : काठमाडौं महानगरपालिकासँग समन्वय गर्न नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारलाई आग्रह गरेका छन्।
बिहीबारको प्रतिनिधिसभाको बैठकको शुन्य समयमा बोल्दै सांसद केसीले महानगरसँग समन्वय गरेर अघि बढ्नु सरकारको दायित्व भएको बताए। महानगरसँग समन्वय नगर्दा सरकारमाथि नै गम्भीर प्रश्न उठेको उनले बताए।
उनले सरकार र महानगरपालिकाबीच देखिएको सडक भत्काउने र बनाउने ‘गाइजात्रा’ले सरकारमाथि नै गम्भीर प्रश्न उठेको भन्दै त्यसलाई समन्वय गरेर सरकारको दायित्व पूरा गर्न आग्रह गरे।
‘काठमाडौं महानगरपालिका र सरकारबीच देखिएको द्वन्द्व र भत्काउने बनाउने गाईजात्राले सरकारमाथि नै गम्भीर प्रश्न उठेको छ,’ उनले भने, ‘तत्काल समन्वय होस् सरकारी पक्षले अहंकार, झगडिया कानून नबोकोस्, यसलाई समन्वय गर्नुपर्ने सरकारको दायित्व छ त्यसलाई पूरा गरोस्।’
प्रकाशित मिति: १२:०५ बजे, बिहीबार, जेठ २४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












