Kathmandu Press

तोलामा १८ सय बढ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला एक लाख ४४ हजार पुगेको छ। यो मूल्य हालसम्मकै उच्च हो।
तोलामा १८ सय बढ्यो सुनको मूल्य

काठमाडौं, जेठ २४ : स्थानीय बजारमा सुनको मूल्य आज प्रतितोला रु एक हजार आठ सयले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला एक लाख ४४ हजार पुगेको छ। यो मूल्य हालसम्मकै उच्च हो।

छापावाला सुन बुधबार प्रतितोला एक लाख ४२ हजार दुई सयमा कारोबार भएको थियो। यस्तै तेजाबी सुन बुधबार प्रतितोला एक लाख ४१ हजार पाँच सयमा कारोबार भएको थियो। तेजाबी सुनको मूल्य आज एक लाख ४३ हजार तीन सय निर्धारण गरिएको छ।

त्यस्तै चाँदीको मूल्य आज एक हजार आठ सय ५० निर्धारण गरिएको छ। चाँदीको मूल्य बुधबार प्रतितोला एक हजार आठ सय २५ रहेको थियो।

प्रकाशित मिति: ११:५६ बजे, बिहीबार, जेठ २४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्