Kathmandu Press

एनडीए गठबन्धनबाट मोदी नै प्रधानमन्त्री बन्ने, शपथमा प्रचण्ड नयाँ दिल्ली जाने तयारी

मोदीको शपथ ग्रहण समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल पनि सहभागी हुन नयाँ दिल्ली जाने तयारी गरेमा छन्।
एनडीए गठबन्धनबाट मोदी नै प्रधानमन्त्री बन्ने, शपथमा प्रचण्ड नयाँ दिल्ली जाने तयारी

काठमाडौं, जेठ २४ : भारतको सत्तारुढ गठबन्धन एनडीउबाट नरेनद्र मोदी तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्ने भएका छन्।

सन् २०१४ देखि लगातार प्रधानमन्त्री रहेका मोदीले चुनावको नतिजा सार्वजनिक भएपछि बुधबार दिउँसो पदबाट राजिनामा दिएका थिए। चुनावमा भाजपाले एकल बहुमत ल्याउन नसकेपछि गठबन्धन एनडिएले बुहमत ल्याएको थियो।

Hardik ivf

मोदीले तेस्रो प्रधानमन्त्रीका रुपमा जुन ८ शपथ लिने छन्।

मोदीको शपथ ग्रहण समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल पनि सहभागी हुन नयाँ दिल्ली जाने तयारी गरेमा छन्।

आज बिहान भएको टेलिफोन वार्तामा मोदीले प्रधानमन्त्री दाहाललाई निम्तो दिएकाले नयाँ दिल्ली जाने तयारी गरेका हुन्।

प्रकाशित मिति: ११:४१ बजे, बिहीबार, जेठ २४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्