Kathmandu Press

‘कयौंपटक सहकारी पीडितको पक्षमा लडेँ, तर सहकारी ठगको ट्याग बोकेर हिँड्नु परेको छ’

गृहमन्त्री लामिछानेले जस्तोसुकै आरोप खेप्नुपरे पनि नेपाली जनताको अधिकार प्राप्तिका लडाइँ लड्न भने नछोड्ने बताए। उनले नागरिकताको विषयमा पनि आफूले लड्नुपरेको बताए।
‘कयौंपटक सहकारी पीडितको पक्षमा लडेँ, तर सहकारी ठगको ट्याग बोकेर हिँड्नु परेको छ’

काठमाडौं, जेठ २३ : उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगको ट्याग बोकेर हिँड्नुपरेको भन्दै दुःखेसो पोखेका छन्।

काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले कयौंपटक सहकारी पीडितको पक्षमा लडे पनि आफूले सहकारी गठको ट्याग बोकेर हिँड्नुपरिरहेको बताए।

Hardik ivf

गृहमन्त्री लामिछानेले जस्तोसुकै आरोप खेप्नुपरे पनि नेपाली जनताको अधिकार प्राप्तिका लडाइँ लड्न भने नछोड्ने बताए। उनले नागरिकताको विषयमा पनि आफूले लड्नुपरेको बताए।

‘मेरो त भाग्य नै यस्तै छ। जुन विषयका लागि आफू लडेको हुन्छु, त्यसैको आरोप खेप्नुपर्छ। नागरिकताको विषयमा विरोधीको कित्तामा उभ्याउने प्रयास गरियो । जबकि जीवनभर त्यसैको पक्षमा लडिरहें,’ उनले भने, ‘सहकारी पीडितहरुका लागि कयौं रिपोर्टहरु बनाइयो, कतिका लागि लडियो। कतिलाई जेल पठाइयो, कतिको पैसा फिर्ता लगाइयो । अहिले सहकारी ठगको ट्याग बोकेर हिँड्नुपरेको छ।’

सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठन भएको छ। छानविन समितिको पहिलो बैठक आजै बसेको छ।

प्रकाशित मिति: १९:४८ बजे, बुधबार, जेठ २३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्