Kathmandu Press

ओलीलाई अर्थमन्त्रीको जवाफ– बजेट कतै पनि ढल्किएको छैन

पुनले आगामी आर्थिक वर्षको बजेट नेकपा (माओवादी केन्द्र) तिर नभई जनतातिर ढल्केको दाबी गरेका छन्। संसद भवन बाहिर सञ्चारकर्मीसँग कुराकानी गर्दै ओलीलाई जवाफ दिएका हुन्।
ओलीलाई अर्थमन्त्रीको जवाफ– बजेट कतै पनि ढल्किएको छैन

काठमाडौं, जेठ २३ : अर्थमन्त्री वर्षमान पुनले बजेटको बिषयमा केपी ओलीले गरेको टिप्पणीप्रति जवाफ दिएका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीले बजेट माओवादीतिर ढल्केको भन्दै गरेको टिप्पणीलाई लिएर अर्थमन्त्री पुनको जवाफ आएको हो।

Hardik ivf

पुनले आगामी आर्थिक वर्षको बजेट नेकपा (माओवादी केन्द्र) तिर नभई जनतातिर ढल्केको दाबी गरेका छन्। संसद भवन बाहिर सञ्चारकर्मीसँग कुराकानी गर्दै ओलीलाई जवाफ दिएका हुन्।

अर्थमन्त्री पुनले सरकारले ल्याएको बजेट कतै पनि नढल्किएको बताए।

‘बजेट कतै पनि ढल्किएको छैन, माओवादी केन्द्र, निजी क्षेत्र र सरकारतिर बढी ढल्केको भन्ने टिप्पणी छन्, यथार्थ होइन। यो बजेट जनतातिर ढल्केको छ,’ अर्थमन्त्री पुनले भने, ‘मुलुकको अर्थतन्त्रलाई सुधार गर्ने र समग्र जनताको खास गरी युवाहरूमा आत्मविश्वास र हौसला पैदा गर्ने खालको छ । सबैको सहयोग आवश्यक छ। सरकारले बजेट कार्यान्वयन गर्छ र वस्तुगत रूपमा रिजल्ट पनि दिन्छौं।’

मन्त्री पुनले बजेट मुलुकको अर्थतन्त्रलाई सुधार गर्ने, समग्र जनता र युवामा आत्मविश्वास, हौसला पैदा गर्ने खालको रहेको समेत बताए।

ओलीले पार्टी संसदीय दलको बैठकमा अध्यक्ष ओलीले बजेट अर्थमन्त्रीको पार्टीतिर ढल्केको टिप्पणी गरेका थिए ।

 

प्रकाशित मिति: १८:२३ बजे, बुधबार, जेठ २३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्