Kathmandu Press

सहकारी छानबिन कार्यविधिको मस्यौदा तयार गर्न सचिवालयलाई जिम्मा

आन्तरिक कार्यविधिको मस्यौदा तयार गर्न सचिवालयलाई जिम्मा दिएसँगै समितिको औपचारिक रूपमा काम पनि सुरु भएको छ।
सहकारी छानबिन कार्यविधिको मस्यौदा तयार गर्न सचिवालयलाई जिम्मा

काठमाडौं, जेठ २३ : सहकारी ठगी प्रकरणमा गठित संसदीय छानविन विशेष समितिले आन्तरिक कार्यविधिको मस्यौदा तयार गर्न सचिवालयलाई जिम्मा दिएको छ।

आन्तरिक कार्यविधिको मस्यौदा तयार गर्न सचिवालयलाई जिम्मा दिएसँगै समितिको औपचारिक रूपमा काम पनि सुरु भएको छ।

Hardik ivf

संसद भवन नयाँ बानेश्वरमा पहिलो बैठक बसेर समितिले सुरु गरेको हो। सभामुख देवराज घिमिरेको उपस्थितिमा समितिको बैठक बसेको थियो। उक्त बैठकमा समितिको कामलाई अघि बढाउने विषयमा छलफल भएको जनाइएको छ।

छानविन समितिले कार्यसम्पन्न गर्न तीन महिनाको अवधि प्राप्त गरेको छ। सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न संसदीय छानबिन समिति गठन भएको थियो।

प्रकाशित मिति: १८:११ बजे, बुधबार, जेठ २३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्