क्रसर र खानी उद्योग नवीकरण गर्न सरकारको ध्यानाकर्षण
नेपाल सरकारलाई तिर्नुपर्ने कर दस्तुर तिर्न तयार भएको र लिने व्यवस्था मिलाई उद्योगहरु नविकरण गर्ने प्रबन्ध मिलाउन महासंघले सरकारसँग आग्रह गरेको हो।काठमाडौं, जेठ २३ : नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले क्रसर, बालुवा प्रशोधन केन्द्र तथा खानी उद्योगहरुको लामो समयदेखि रोक्का रहेको नवीकरण सुरु गर्न सरकारको ध्यानाकर्षण गराएको छ।
काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गर्दै महासंघले सरकारको बजेट वक्तव्यमा समेत क्रसर, खानी तथा बालुवा उद्योगको नवीकरण सम्बोधन नगरिएको भन्दै आपत्ति जनाएको छ।
नेपाल सरकारलाई तिर्नुपर्ने कर दस्तुर तिर्न तयार भएको र लिने व्यवस्था मिलाई उद्योगहरु नविकरण गर्ने प्रबन्ध मिलाउन महासंघले सरकारसँग आग्रह गरेको हो।
‘नेपाल सरकारबाट जारी भएको अगामी आर्थिक वर्ष २०८१÷८२ को बजेट वक्तव्यमा समेत क्रसर, खानी तथा बालुवा उद्योगको नवीकरण सम्बन्धमा केही सम्बोधन नगरिएको कारणले हामी उद्योगीहरु निराश भएका छौं,’ जारी विज्ञप्तिमा भनिएको छ।
अत्यावश्यक निर्माण सामाग्री उत्पादन गर्ने उद्योगहरुले मुलुकको अर्थ व्यवस्थामा उल्लेखनीय योगदान पुरÞ्याइरहेको महासंघले उल्लेख गरेको छ । तर, लामो समयदेखि नवीकरण भएको छैन।
क्रसर, बालुवा प्रशोधन तथा खानी उद्योगहरु सरकारलाई तिर्नुपर्ने कर दस्तुर तिर्न तयार रहेकाले लिएर नवीकरण प्रक्रिया अघि बढाउन महासंघले सम्बद्ध मन्त्रालयहरुको ध्यानाकर्षण गराएको छ।